भिसा लिडरसिप कनक्लेभमा हिमालयन बैंक सम्मानित « Khabarhub

भिसा लिडरसिप कनक्लेभमा हिमालयन बैंक सम्मानित


५ पुस २०८०, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भिसाले आयोजना गरेको भिसा लिडरसिप कनक्लेभ २०२३ मा हिमालयन बैंक सम्मानित भएको छ ।

अमेरिकन एक्स्प्रेस, जेसीबी मास्टरकार्ड, युनियन पे तथा भिसा जस्ता विश्व प्रख्यात ब्राण्डका कार्ड स्वीकार गर्ने हिमालयन बैंक ‘एक्सिलेन्स इन पोस अक्वायरिङ बिजनेस–२०२३’ र ‘एक्सिलेन्स इन कन्जुमभर कार्डस् प्रिपेड–२०२३’ अवार्ड बाट सम्मनित भएको छ ।

भिसाद्वारा आयोजित एक समारोहमा डेपुटी गभर्नर बमबहादुर मिश्र, नेपालका लागि भिसाका प्रतिनिधि बासु सौम्यलगायत अतिथिको उपस्थितिमा दुबै अवार्ड प्रदान गरी सम्मान गरिएको थियो ।

बैंकले विगतका वर्षहरु देखिनै यो विधामा उक्त अवार्ड प्राप्त गर्दै आइरहेको छ । हिमालयन बैंक नेपालको एक मात्र बैंक हो जसले विश्वका विभिन्न प्रसिद्ध कार्डहरु आफ्नो नेटवर्कमा स्वीकार गर्ने गर्दछ । विश्वभर प्रचलनमा रहेको प्रसिद्ध कार्ड ब्राण्डहरु स्वीकार गर्ने भएकोले स्वदेशी तथा विदेशी ग्राहकहरुलाई आफ्नो कार्डबाट भुक्तानी गर्न सहज हुदै आइरहेको बैंकले जनाएको छ ।

डिसकभर तथा रुपे ब्राण्डका कार्डहरु पनि आफ्नो नेटवर्कमा स्वीकार गर्न सुरु गरेको बैंकले जानकारी दिएको छ ।

प्रकाशित मिति : ५ पुस २०८०, बिहिबार  ७ : ४९ बजे

मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

अर्घाखाँची – अर्घाखाँचीको भूमिकास्थानमा मोटरसाइकल दुर्घटना हुँदा घटनास्थलमै दुई जनाको

न्यायालयमा ‘स्याउको बाकस’ काण्ड: बल्झियो ‘सुपरस्टोर’ र बिचौलियाको बहस

बाहिरबाट हेर्दा फलफूलको सामान्य कार्टुन जस्तो देखिने ‘स्याउको बाकस’ भित्र

आइसिसी विश्वकप छनोट प्लेअफ प्रतियोगिता नेपालमा आयोजना हुने

काठमाडौँ – आइसिसी पुरुष क्रिकेट विश्वकप छनोट प्लेअफ प्रतियोगिता नेपालमा

अम्बे स्टिलको इन्धन ट्यांकीमा आगलागी: एक करोड ५६ लाखको क्षति

नेपालगञ्ज – बाँकेको जानकी गाउँपालिका–५ बकसपुरस्थित अम्बे स्टिल सरिया कम्पनीमा

झापाको एक ग्यारेजमा आगलागी हुँदा कामदारको मृत्यु, खसीबाख्रा र नगद जलेर नष्ट

बिर्तामोड – झापाको बिर्तामोड नगरपालिका–२ रामचोकस्थित एक बडी ग्यारेजको क्यान्टिनमा