एकीकृत समाजवादीबाट कोको जाँदैछन् राष्ट्रियसभामा ? « Khabarhub

एकीकृत समाजवादीबाट कोको जाँदैछन् राष्ट्रियसभामा ?


५ पुस २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


747
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – माधवकमुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले राष्ट्रियसभाका लागि तीनजना नेताको नाम अगाडि सारेको छ । माघ ११ मा हुने निर्वाचनमा समाजवादीको भागमा गडठबन्धनका तर्फबाट ३ सीट पर्ने पक्का छ ।

एकीकृत समाजवादीले उपाध्यक्षद्वय प्रवेश हमाल, घनेन्द्र बस्नेत तथा उपमहासचिव गंगाधर तुलाधरलाई राष्ट्रियसभाको उम्मदेवार बनाउने भएको छ । एकीकृत समाजवादी स्रोतका अनुसार ‘पार्टीभित्र कुनै नाटकीय परिवर्तन नभए’ यी नामहरू नै फाइनल हुन् ।

एकीकृत समाजवादीका एक नेताका अनुसार अध्यक्ष नेपाल, महासचिव घनश्याम भुसाल र सम्मानित नेता झलनाथ खनालवीच पात्रका बारेमा टुंगो लागेको हो । तर, यसलाई औपचारिकता दिन भने बाँकी छ ।

एकीकृत समाजवादीका नेता झलनाथ खनालले भने पात्र र सीट संख्याको बारेमा टुंगो नलागेको बताए । उनले भने, ‘अहिले त्यतातिर ध्यान नै दिएको छैन । बैठकमा पार्टी विधानका बारेमा व्यापक छलफल भइरहेको छ । शुक्रबार पनि बैठक छ ।’

हाल राष्ट्रियसभामा एकीकृत समाजवादी ८ सांसद छन् । यीमध्ये फागुन २१ देखि तीन सीट खाली हुँदैछन् । गठबन्धनले तीनै सीट एकीकृतलाई दिए उसको स्थान सुरक्षित राख्ने तयारी छ ।

नेकपा एकीकृत समाजवादीबाट सिंहबहादुर विश्वकर्मा, नन्दा चपाइको पदावधि सकिँदै छ । यस्तै पदावधि सकिन लागेका स्वतन्त्र सांसद खिमलाल देवकोटा पनि समाजवादीबाटै जितेका थिए ।

राष्ट्रियसभा २० जना सांसदहरुको पदावधि फागुन २१ मा सकिँदै छ । राष्ट्रियसभामा पदावधि सकिने एमालेका ९ जना छन् भने गठबन्धनतर्फ नेपाली कांग्रेसका ४, नेकपा माओवादी केन्द्रका ३, नेकपा एकीकृत समाजवादीका ३ र जसपाका एक जना सांसद छन् ।

प्रकाशित मिति : ५ पुस २०८०, बिहीबार  ९ : ०९ बजे

पेसागत सफलतामा नैतिकता, निष्ठा र इमानदारीपन चाहिन्छ : प्रधानमन्त्री शाह

काठमाडौँ– प्रधानमन्त्री वालेन्द्र शाहले कुनै पनि पेसागत सफलताका लागि पहिलो

शक्तिपीठ एवं देवी मन्दिरमा भक्तजनको लर्को

काठमाडौँ– दुर्गा पक्षको दोस्रो दिन अर्थात् नवरात्रका अवसरमा देशभरका शक्तिपीठ

अन्नपूर्णको विपद् कोषमा एक करोड जुट्यो, पुनर्निर्माणमा ६६ लाख बढी खर्च

कास्की– कास्कीको अन्नपूर्ण गाउँपालिकाले स्थापना गरेको विपद् व्यवस्थापन कोषमा एक

शुक्लाफाँटामा जङ्गल सफारी खुला

कञ्चनपुर– कञ्चनपुरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटकका लागि जङ्गल सफारी खुला

बूढीगण्डकी बाढीपछिको बेहाल (तस्बिर)

काठमाडौँ– गोरखाको चुमनुब्री गाउँपालिका–६ हुँदै बग्ने बूढीगण्डकी नदीमा लेदो र