भ्रष्टाचारविरुद्ध दृढ भएर उभिन्छौँ : अध्यक्ष नेपाल « Khabarhub

भ्रष्टाचारविरुद्ध दृढ भएर उभिन्छौँ : अध्यक्ष नेपाल


५ पुस २०८०, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले भ्रष्टाचारका विरुद्धमा दृढताका साथ उभिने बताएका छन् । पार्टीको राप्ती नगर कमिटीको भेलालाई आज सम्बोधन गर्दै उनले भ्रष्टाचार गर्नेहरु जुनसुकै पार्टीका नेता वा विशिष्ट व्यक्ति भए पनि उन्मुक्ति पाउन नहुने बताए । “हामी स्वच्छ राजनीति गर्न चाहान्छौँ । हामी स्वच्छ राजनीतिसँगै सुशासनको पक्षमा छौँ । भ्रष्टाचार गर्ने जोसुकै व्यक्ति वा दललाई जनताले दण्डित गर्नुपर्छ”, अध्यक्ष नेपालले भने ।

बिना पैसा काम नहुने परिपाटी अन्त्य हुनुपर्ने बताउँदै अहिले सबै क्षेत्रमा भ्रष्टाचार फैलिएकाले भ्रष्टाचारीलाई जनताले नै दण्डित गर्नुपर्ने उनले बताए । अध्यक्ष नेपालले भने, “हाम्रो पार्टी सुशासन, जनताको पक्षमा छ । जनतालाई रोजगारी उपलब्ध गराउने, कृषि, उद्योग, जलस्रोत, पर्यटन, शिक्षा, स्वास्थ्य, विज्ञान प्रविधिलगायत क्षेत्रको विकास गर्दै देशलाई अघि बढाउन दृढ छ ।”

पार्टीलाई नयाँ उचाइमा पुर्‍याउनका लागि सबै नेता/कार्यकर्ता गाउँ, टोलसम्म पुगेर जनताका समस्या समाधान गर्दै अघि बढ्नुपर्ने उनको भनाइ थियो । अध्यक्ष नेपालले जनताको सङ्घर्षबाट नेपाल सङ्घीय लोकतान्त्रिक मुलुकका रुपमा अगाडि बढेको बताउँदै जनताका उपलब्धि खोस्ने छुट कसैलाई नभएको उल्लेख गरे ।

उनले भने, “अब जनताका दिन सुरु भएका छन् । मधेशी जनताको छोरो राष्ट्रपति बन्नसक्ने अवस्था हामीले बनाएका छौँ । नेपाली छोरी राष्ट्रपति बन्ने सुनिश्चित बनाएका छौँ । यो हामीले जनताको शक्तिको उपजमा प्राप्त गरेका हौँ ।”

भेला आयोजक कमिटीका अध्यक्ष राम सेढाइँको सभापतित्वमा भएको कार्यक्रममा पार्टीका उपमहासचिव गङ्गाराज तुलाधर, बागमती प्रदेश सदस्य सुमिता डल्लाकोटी, राप्ती नगरपालिकाका प्रमुख एवं नेकपा समाजवादी जिल्ला सचिवालय सदस्य शमशेर लामालगायतले आ–आफ्नो धारणा राखेका थिए । भेलाले रामकृष्ण पण्डितको अध्यक्षतामा ५१ सदस्यीय नगर कमिटी गठन गरेको छ ।

प्रकाशित मिति : ५ पुस २०८०, बिहिबार  ९ : ५९ बजे

दशैँको अवसरमा नेपाल प्रहरीको निःशुल्क बस सेवा

काठमाडौं – नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बससेवा सञ्चालन गरेको

राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्ने

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट

सलमानसँगको सम्बन्धलाई लिएर टाइगरमाथि आक्रमणको दाबी, बलिउडमा फेरि बढ्यो सुरक्षा चिन्ता

बलिउड अभिनेता टाइगर श्राफको कारमाथि मुम्बईमा गोली प्रहार भएपछि फिल्म

क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौँ – आइसिसी विश्वकप लिग–२ श्रृङ्खला खेलेर नेपाली राष्ट्रिय पुरुष

दसैँ आयो, आकाशमा चंगा खोइ ?

दसैँ आयो, घरघरमा जमरा राखियो, रातो टीका र जमरासँगै उत्सवको