घरआँगनमा पाइने मेथीका सात औषधीय गुण « Khabarhub

घरआँगनमा पाइने मेथीका सात औषधीय गुण



भान्सामा तरकारी वा अचार बनाउँदा प्रायः मेथीका दाना पड्काउने गरिन्छ । त्यसका साथै यसको पातलाई सागको रूपमा तरकारी बनाएर खाने चलन पनि छ । के तपाईलाई थाहा छ, जाडोमा यसले कति धेरै फाईदा गर्छ भनेर ? मेथी शारीरिक स्वास्थ्यका लागि धेरै फाइदाजनक छ । यसको नियमित सेवनले धेरै समस्याबाट छुटकारा पाइन्छ । यदि तपाईं यसको गुण थाहा नपाई सेवन गरिरहनुभएको छ भने अब थाहा पाउनुहोस् यसका फाइदाहरू । जो असीमित छन् । जसका मुख्य सात फाइदा यसप्रकार छन्ः

१. कब्जियत हुन दिँदैन
खानपिनको सौखिनहरूलाई प्रायः पेटको समस्या भइरहेको हुन्छ । त्यसमा पनि कब्जियत र ग्यास्ट्रिकको बढी समस्या भएको पाइन्छ ।
मसलेदार खाना खाइसकेपछि मेथीको साग खाने गर्दा पाचन प्रणालीलाई सहज बनाउँछ र पेटमा ग्यास जम्न दिँदैन ।

२. पेट दुखाइ कम गराउँछ
भाइरस र ब्याक्टेरियाले पेटमा हुने दुखाइलाई कम गर्न मेथीको सेवन गर्दा राम्रो हुन्छ । यस्तो दुखाइ प्रायः बच्चामा बढी हुन्छ । त्यस्तो वेला दुखाइ हुँदा मेथीको पातको रस निकालेर प्रत्येक दिन एक चम्चा खुवाउँदा समस्या समाधान हुन सक्छ ।

३. कपाल चम्किलो बनाउन
मेथीको पातको पेस्ट बनाएर कपालमा लगाउँदा धेरै लाभदायक हुन्छ । पातलाई पिसेर कपालमा लगाउँदा कपाल कालो, बाक्लो हुनुका साथै टल्किने पनि हुन्छ ।
यसका साथै कपाल झर्ने समस्याबाट मुक्ति पाइन्छ । मेथीले कपाललाई चायाबाट पनि मुक्ति दिन्छ ।

४. मधुमेहलाई नियन्त्रण गर्छ
मधुमेहका बिरामीले मेथी सेवन गर्दा फाइदा हुन्छ । दैनिक रूपमा मेथीको पातको रस बनाएर खाँदा शरीरमा ग्लुकोजको मात्रा नियन्त्रण गर्छ ।

५. तौल घटाउँछ
मेथीको सब्जी वा यसको दाना दैनिक सेवन गर्नाले तौल नियन्त्रणमा राख्न मद्दत गर्छ । यसले शरीरमा भएको बोसोको मात्रालाई बिस्तारै कम गर्दै लान्छ । बोसोको मात्रा कम भएपछि शरीरको तौल आफैँ कम हुन्छ ।

६. रुघाखोकीबाट जोगाउँछ
मेथीको सेवनले रुघाखोकी लाग्नबाट बचाउँछ । दैनिक आफूलाई मन लाग्ने तरिकाले मेथीको सेवन गर्दा हुन्छ । यसले रुघाखोकीका साथै अन्य स्वास्थ्य समस्याबाट पनि जोगाउँछ ।

७. ज्वरो आउँदा हुने दुखाइ हराउँछ
रुघाखोकी, ज्वरो आउँदा मानिसको शरीर पनि दुख्छ । त्यो दुखाइलाई कम गर्न मेथीको दाना वा पात सेवन गर्नुपर्छ । मेथीमा रोगप्रतिरोधात्मक शक्ति बढाउने तत्व हुन्छ र त्यसले दुखाइ कम गर्छ ।

प्रकाशित मिति : ८ माघ २०७९, आइतबार  ८ : ०४ बजे

पोखरा आइपुग्यो डोल्पाका भेडाच्याङ्ग्रा

पोखरा–  दसैँ नजिकिँदै गर्दा हिमाली जिल्ला डोल्पाबाट भेडाच्याङ्ग्रा पोखरा आइपुगेको छ

सुनसरीबाट २५ क्विन्टल बढी गाँजासहित दुईजना पक्राउ

सुनसरी– प्रहरीले इनरुवाबाट दुई हजार ५६६ किलो गाँजासहित दुई जनालाई पक्राउ

समुदायमा सचेतना जगाउँदै बाजुरा प्रहरी प्रशासन : घटनाअघि नै रोकथामको प्रयास

बाजुरा– बाजुरामा प्रहरी प्रशासनले पछिल्लो समय समुदाय केन्द्रित सचेतनामूलक कार्यक्रमलाई

बन्दसत्रका एजेन्डा तय गर्न कांग्रेस केन्द्रीय कार्यसमिति बैठक

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय कार्यसमितिको बैठक सुरू

कांग्रेस महाधिवेशनमा देखिए देउवाका विश्वासिला पात्र बालकृष्ण खाँण

काठमाडौं– पूर्व सभापति शेरबहादुर देउवाका विश्वासिला पात्र बालकृष्ण खाँण पनि