चीनमा ८० प्रतिशत मानिस कोभिडबाट संक्रमित « Khabarhub

चीनमा ८० प्रतिशत मानिस कोभिडबाट संक्रमित


८ माघ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

बेइजिङ – चीनमा ८० प्रतिशत मानिस कोभिडबाट संक्रमित भइसकेका एक प्रमुख सरकारी वैज्ञानिकले बताएका छन्।

चाइना सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सनका प्रमुख महामारीविद् वु जुनयुले नयाँ वर्षको बिदाको अवधिमा मानिसहरूको ठूलो आवागमनले महामारी फैलाउन सक्ने र केही क्षेत्रमा संक्रमणलाई बढाउने सम्भावना रहेको विबो सामाजिक मिडिया प्लेटफर्ममा बताएका हुन्।

लाखौं चिनियाँहरू छुट्टीको पुनर्मिलनका लागि देशभर यात्रा गरिरहेका छन्,जसले ठूलो प्रकोप व्यवस्थापन गर्न कम सुसज्जित ग्रामीण क्षेत्रहरूमा ताजा प्रकोपको त्रास बढाएको छ।

सरकारी तथ्यांकअनुसार अनुसार चीनले अचानक आफ्नो शून्य कोभिड नीति खारेज गरेको झण्डै एक महिनापछि जनवरी १२ सम्म कोभिड भएका करिब ६० हजार व्यक्तिको अस्पतालमा मृत्यु भएको थियो।

प्रकाशित मिति : ८ माघ २०७९, आइतबार  ८ : २५ बजे

सरकारलाई भीष्मराजले भने- कांग्रेसले देखाएको सदाशयतालाई कमजोरीका रूपमा नलिनू

काठमाडौं– नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले कांग्रेसले सरकारप्रति

पोखराले गुमायो पाचौँ विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच

प्रधानमन्त्री शाहको चेतावनी- उम्किन्छु भनेर सपना नदेखे हुन्छ

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले ‘सही समय आएपछि सबैको गलत समय

पोखराका कप्तान कुशल भुर्तेल आउट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच

वरिष्ठ साहित्यकार उन्नती बोहरा ‘शीलाको’ विशेष साङ्गीतिक कार्यक्रम सम्पन्न

काठमाडौं– नेपाली साहित्य, गीत–संगीत र सामाजिक सेवाका क्षेत्रमा लामो समयदेखि