डेरी उद्योगमा सफल शारदा भुसालको अनुभव | Khabarhub Khabarhub

डेरी उद्योगमा सफल शारदा भुसालको अनुभव


८ माघ २०७९, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

रेसुङ्गा – अझै पनि महिलाहरू घरायसी काममा मात्र सीमित हुनुपर्छ भन्ने गलत परम्परा हाम्रो समाजमा छ । यही गलत परम्पराका कारण पुरुषले बाहिरको काम गर्ने र महिला चुलोचौकामै सीमित हुनुपर्ने बाध्यता कायमै छ ।

यस्तै गलत परम्परा बोक्ने हजारौँको भीडबाट बाहिर निस्किएकी छन् गुल्मीको रेसुङ्गा नगरपालिका–८ की शारदा भुसाल । उनी विसं २०६३ देखि न्यूमैत्री डेरी उद्योग सञ्चालन गरेर उदाहरणीय बनेकी छन्।

उनी आफैँले सुरु गरेको डेरी उद्योगबाट अहिले दूध खरिद, प्रशोधन र बिक्री हुने गर्छ । उनले दैनिक तीन सय लिटर दूध बजारमा पुर्‍याउँछिन् । गुल्मीको चौरासी र अर्घाखाँचीको ढिकुरा, काउलेलगायतका स्थानबाट डेरीमा दूध आउने गर्दछ । शारदाले भैँसीको दूधमात्र खरिद, प्रशोधन र बिक्री गर्छिन् । बजारमा आवश्यक पर्ने दूध पर्याप्त मात्रामा आफूसँग उपलब्ध नभएको उनले बताइन् ।

गुणस्तरका आधारमा किसानसँग बढीमा प्रतिलिटर रु ९५ सम्म डेरी उद्योगले दिन्छ । यसलाई लिएर प्रशोधन गरेर प्रतिलिटर रु एक सय १० मा बिक्री हुन्छ । दूधबाट अन्य परिकार पनि बनाउन गरेको शारदाले बताइन् । दूधबाट दही, पनिर, कुराउनी, छुर्पी र अन्य परिकार शारदा आफैँले बनाउने गर्छिन् ।

डेरीबाट मासिक रु नौदेखि १० लाखसम्म कारोबार गर्ने उनले मासिक रु एक लाख बचत गर्ने गरेको बताउँछिन् । “जन्मपूर्वदेखि मृत्युपश्चात पनि दूध नै चाहिन्छ”, उनले भनिन्, “महिलाले आफैँ व्यवसाय गर्नुपर्छ भनेर निरन्तर मेहेनत गरेँ ।” व्यापार र व्यवसायको सन्दर्भमा पनि पुरुषमात्र अगाडि सर्ने र महिला अरुकै भर पर्ने बाध्यताको अन्त्यका लागि अगाडि बढेको शारदाले बताइन् ।

किसानसँग जोडिने व्यवसाय गर्नका लागि दुग्ध डेरी सञ्चालन गरेको तर पछिल्लो समय दूध उत्पादनमा कमी आएको शारदाको अनुभव छ । आफूसँगै सदरमुकाम तम्घासका दुग्ध व्यवसायी मिलेर सञ्चालन गरेको रेसुङ्गा दुग्ध डेरी प्रालिले १२ हजार लिटर दूध खपत गर्ने क्षमता छ । तर जिल्लाभर अहिले तीन हजार लिटर दूधमात्र उत्पादन हुने गरेको छ ।

स्थानीय पालिकाले किसानलाई दूध उत्पादनमा उत्साहित गराएमा जिल्लाका १२ पालिकाबाट एक हजार लिटर दूध आफुले खपत गर्न सक्ने भन्दै शारदाले किसान त्यसतर्फ उन्मुख हुनुपर्ने बताउँछिन् । जिल्लामा दूध उत्पादन कम भएसँगै गुल्मीमा अर्घाखाँची, पाल्पा र कपिलवस्तुबाट आयात गर्नुपर्ने बाध्यता रहेको न्यूमैत्री डेरी उद्योगका सञ्चालक उनले गुनासो गरिन्।

शारदाले आफूले सञ्चालन गरेको डेरी उद्योगबाट अहिले प्रत्यक्षरूपमा चार जनाले रोजगार पाएका छन् । दूध सङ्कलन, ढुवानी, प्रशोधन र बिक्री गरी चार जनालाई रोजगार प्रदान गरिएको उनले जानकारी दिइन् । दुग्ध डेरीबाट आम्दानी भएको रकम अन्य व्यवसायमा लगानी गर्दै गएकी छन् ।

डेरीबाट भैँसीको शुद्ध दूध बिक्री हुने भएकाले उपभोक्ता पनि निकै सन्तुष्ट हुने गरेको शारदाको अनुभव छ । “मैले आफैँ व्यवसाय व्यवस्थित र गुणस्तर कायम गरेकी छु”, दूध बेच्दै गरेकी उनले भनिन्, “महिला हुनेबित्तिकै परनिर्भर हुने मानसिकता हटाउनैपर्छ ।” डेरीबाट किसानलाई मासिकरूपमा दूधको रकम दिँदा किसान झनै सन्तुष्ट हुने गरेका छन् ।

कृषि र पशुपालनमा प्रेरित गर्नका लागि आफू डेरी उद्योगमा लागेको शारदाले बताइन् । उनका श्रीमान् नवराज भुसाल पत्रकारिता क्षेत्रमा क्रियाशील छन् । नवराज नेपाल पत्रकार महासङ्घ गुल्मीका पूर्वअध्यक्ष हुन् ।

प्रकाशित मिति : ८ माघ २०७९, आइतबार  ८ : ५६ बजे

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार सन्

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

आज २०८१ साल साउन १२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

माछा मार्ने क्रममा पानीमा डुबेर एक जनाको मृत्यु

झापा – झापाको गौरीगञ्ज गाउँपालिका–१ महाभारामा आज दिउँसो माछा मार्ने

अझै हटेन पशुचौपाया छाड्ने प्रवृति

कैलाली – कैलालीमा पशुचौपाया छाडा छाड्ने प्रवृति अझै हट्न सकेको