जुम्लाबाट शिक्षामा एकरुपता ल्याउन लागिपरेको छु | Khabarhub Khabarhub

जुम्लाबाट शिक्षामा एकरुपता ल्याउन लागिपरेको छु

‘जुम्लालाई स्याउ पकेट क्षेत्र बनाउँदै बजार व्यवस्थित गर्नुछ’


८ माघ २०७९, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-कर्णाली प्रदेश जुम्ला जिल्ला अहिले पनि विकट र धेरै अभावले पछाडि परेको ठाउँका रुपमा चित्रण गरिन्छ । तर पछिल्लो जुम्लामा अर्गानिक उत्पादन र कृषि तथा पर्यटन क्षेत्रले विस्तारै विकासको बाटो समातेको छ । यसका पछाडि स्थानीय जनप्रतिनिधि धेरै सक्रिय भएर लागेका छन् । यसै विषयमा जुम्लाको हिमा गाउँपालिकाका अध्यक्ष लक्ष्मण बहादुर शाहीसँग आशुतोश अर्यालले गरेको कुराकानीको सम्पादित अंश:

जुम्लाको हिमा गाउँपालिकालाई कसरी चिनाउनु हुन्छ ?
नेपालको इतिहासमा खस भाषाको वा राष्ट्रिय भाषाको उत्पत्ति भएको जिल्ला सिन्जा हो । सिञ्जा सभ्यता भनेर विश्व सव्यताका साथ असाध्यै चर्चाका साथ हेर्ने चलन छ । हिमा गाउँपालिका,सिञ्जा गाउँपालिका र कनका सिञ्जा गाउँपालिका मिलेर सिञ्जा उपत्यका बनेको छ । यसलाई महाभारतमा पाण्डवहरू एक वर्ष गुप्त बास बसेको र कनकासुन्दरी माताको धार्मिक र पर्यटकीय हिसाबले पनि निकै महत्वपूर्ण छ । त्यसको क्षेत्रमा कालिकोट र राराको मूल बाटोको सुरुवातमा हाम्रो हिमा गाउँपालिका छ । धार्मिक, सांस्कृतिक, परम्परागत हिसाबले हिमा गाउँपालिका प्रख्यात छ ।

पर्यटकलाई लोभ्याउने हिमा गाउँपालिकामा त्यस्ता के विशेषता छन् अरु ?
जुम्ला जिल्ला विश्वको सबै भन्दा उचाइमा धान फल्ने जिल्ला हो । जुम्लाको गुरु चन्दननाथ भैरव नाथ भनेर धार्मिक हिसाबले ठुलो महिमा छ । खसारेहरुको उद्गम स्थल हो । राष्ट्रिय भाषाको उद्गम स्थान हो । ७५३ वटा स्थानीय तह मध्ये हिमा गाउँपालिका धार्मिक महत्व बोकेको पालिका हो ।

स्थानीय समस्या र पूर्वाधार समस्या कस्तो छ ?
संविधानको मर्म र भावना अनुसार तिन सरकार, संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारको जुन परिकल्पना गरिएको छ त्यसमा जनताको सबै भन्दा नजिकको सम्बन्ध स्थानीय सरकारसँग हुन्छ । दिनानुदिन भएका जनताका समस्याहरुलाई सम्बोधन गर्ने काम स्थानीय सरकारले गर्नु पर्दछ । जेठ ६ गते मैले त्यहाँको पदभार गर्दै गर्दा शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधारहरूमा कसरी सुधार गर्न सकिन्छ भनेर लागे । मैले पहिलो दिनमै सुत्केरी महिलाहरूमा समस्या देखे र त्यसलाई समाधान गर्न निःशुल्क बिमा कार्यक्रम सञ्चालन गरे । दोस्रो दिन सुत्केरी महिलाको लागि निःशुल्क एम्बुलेन्स सेवा राखे । पैसाको अभाबको कारणले ज्यान गुमाउनु पर्ने अवस्था छ, त्यसलाई कम गर्न मैले हाम्रो गाउँपालिकाको प्रत्येक नागरिकको बिमा गरेको छु । सामुदायिक विद्यालय, स्वास्थ्य चौकी वा सरकारी कार्यालयहरुमा जोडिएका सेवाग्राहीलाई छिटो छरितो कार्य गर्न लगाएका छौँ । वडा कार्यालयको व्यवस्थापन गरे ।

आर्थिक तथा सामाजिक अवस्था कस्तो छ ?
भौगोलिक विकासको हिसाबले सिंगो कर्णाली पछाडि छ । तर हिजोको दिनमा भन्दा आज शिक्षा र स्वास्थ्यमा धेरै लागि परेका छौँ । हाम्रो स्थानीय निकायले पाउनु पर्ने खर्च पर्याप्त मात्रामा छैन । केन्द्र सरकारले दिएको अनुदानले नै हामीले सबै व्यवस्थापन गर्नु पर्ने अवस्था छ । केन्द्र सरकारले पनि केन्द्रमा परेका ठाउँलाई हेर्ने तर बिकटका जिल्लाहरूमा पनि एउटै तरीकाले हेर्नु पर्याे । मेरो गाउँपालिकाको ५ गाउँमा यातायात पुगेको छैन । दुई गाँउको छेउ छेउमा मात्र पुगेको छ । १८ वटा गाउँमा मात्र पूर्ण रूपमा यातायात पुगेको छ । हिउँदमा हिउँले छोप्ने वर्षको बेलामा बाढी पहिलो आउने समस्या छ । केन्द्र र प्रदेश सरकारले ती पिछडिएका बस्तीलाई आम रूपमा हेर्दा अन्याय हुन्छ । अलि ध्यान दिनु पर्याे ।

हाम्रो आवश्यकता यो हो भनेर सम्बन्धित निकायमा पुग्नु भएको छैन ?
हाम्रो राजनीतिक अस्थिरताका कारण हाम्रा मागहरू समेटिएका छैनन् । भूगोल र स्थानीय तहले हिसाबले जुन पछाडि परेका ठाउँहरू छन् त्यसमा केन्द्रीय सरकारले दिने सुविधाहरु राज्यको नजिक रहेको सचिवहरूको नजिक रहेका ठाउँमा मात्र विकास हुने भयो त्यो अन्त्य हुनु पर्याे । निर्वाचन आयोगले निर्वाचन खर्च पेस गर्नु पर्ने भनेको थियो । तर त्यो नबुझाएको हुँदा आयोगले जरिवाना स्वरूप उसले ठुलो धनराशि लिन्छ । त्यसलाइ हामी यो एक पटकलाई मिनाहा गर्न प्रयास गरौँ । कानुनी रूपमा प्रक्रिया नमिले पहिला निर्वाचन हुनु पुर्ब १५ दिन अगाडि नै बुझाउनु पर्ने व्यवस्था गर्नु पर्याे भनेका छौँ ।

देशव्यापी रुपमा युवा पलायन छन्, तपाईँको पालिकामा कस्तो छ ?
हाम्रो पालीकामा हिजो भारतमा जाने प्रचलन थियो आज पनि छ । त्यसमा हामीले कसरी रोजगारी सिर्जना गराउने भनेका त छौ तर यो चमत्कारी रूपमा त भइहाल्दैन । त्यसको लागि युवाहरुलाई बाख्रा पालन, पर्यटन विकास र युवाहरुमा पनि कसरी देशमा रमाउने, यो माटोमा रमाऊ, केही गरेर देखाउ भन्ने धारणा बिकास होस भनेर हामी अगाडी बढीरहेका छौँ । कृषिमा आधुनिकता ल्याउन लागि परेका छौँ । जुम्लामा धेरै स्याउ फल्छ । त्यसमा हामीले आधुनिकीकरण गर्ने, अनुगमन गर्ने र फलेको स्याउलाई बजार व्यवस्थापन गर्ने भनेर कार्यक्रम गर्ने भनेका छौँ । अन्य नगदे बाली, सिमी मार्सि धान लगायतका सामग्री फल्छन् ।

बजार कस्तो छ ?
अहिले जुन तरीकाले कृषि गरिन्छ, त्यसमा बढी उत्पादन गरौँ । बढी लाभ होस् भनेर हामीले प्राविधिक साथिहरुलाई माटो परीक्षण गरौँ भनेर लागि परेका छौ । हामीले कसरी लगानी गर्दा कृषकहरूलाई बढी लाभ हुन्छ भनेर त्यता लाग्ने छौँ । अब कोही किसानले पनि आफ्नो जग्गा बाँझो राख्न पाउने छैन । यदि राख्यो भने उसलाई स्थानीय निकायबाट दिने सेवा सुविधा दिइने छैन भनेका छौँ । नगदे बाली धेरै लगाएर कृषकलाई माथि लैजान सकिन्छ भनेर लागि परेका छौँ ।

योजना अनुसार काम गर्न स्रोत र साधनले धान्छ ?
पहिला त हामीले सन्देश प्रवाह गर्ने हो । सबैलाई लगानी गरेर गर्न त गाउँपालिकाले सक्दैन । त्यसको लागि प्रदेश र सङ्घीय सरकारले बढी कृषिमा लगानी गर्नु पर्दछ । जुम्लालाई स्याउ पकेट क्षेत्र बनाऊ र बजारको सुनिश्चितता गरौँ । हाम्रो माग भनेको केन्द्र र सङ्घीय सरकारले कृषकलाई एउटा मन छुने कार्य गर्नु पर्याे । योजना बनाएर मात्र भएन कार्यान्वयन गर्नु पर्याे ।

आफ्नो पाँच वर्षे कार्यकालमा गर्ने मुख्य योजना के के छन् ?
सबै विद्यालयमा गुणस्तरीय शिक्षा कायम गर्न म लागि पर्छु । धनी र गरिब पढ्ने, बोर्डिङ र सरकारी विद्यालयमा एकरुपता ल्याउँछु ।

(प्रस्तुति : पुष्पाञ्जली बस्नेत)

प्रकाशित मिति : ८ माघ २०७९, आइतबार  १० : ३९ बजे

क्षमताभन्दा बढी कैदीबन्दी भएपछि व्यवस्थापनमा समस्या

चितवन– चितवन कारागार कार्यालय भरतपुरमा चार्डपर्वको समयमा ५९ जना कैदीबन्दी

गृहमन्त्री लेखकसँग एसएसबी महानिर्देशकको भेटवार्ता

काठमाडौं–  गृहमन्त्री रमेश लेखकसँग भारतीय सशस्त्र सीमा सुरक्षा बल (एसएसबी) का

सीमापार अपराध र तेस्रो मुलुकका नागरिकको अवैध प्रवेश रोक्ने प्रस्ताव

काठमाडौं– नेपाल–भारतको सीमा सुरक्षासम्बन्धी दुई देशका अधिकारीहरूको उच्चस्तरीय बैठक शनिबारदेखि

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– साताको पहिलो कारोबार दिन अर्थात् आइतबार नेपाली बजारमा सुनको

प्रि ओपन सेसन : साढे ४ अंकले बढ्यो नेप्से

काठमाडौं– प्रि ओपन सेसनमा आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४.६४