बागमती प्रदेश प्रमुख शर्माद्वारा ‘सोनाम ल्होसार’को शुभकामना « Khabarhub

बागमती प्रदेश प्रमुख शर्माद्वारा ‘सोनाम ल्होसार’को शुभकामना


८ माघ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

मकवानपुर – बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले सोनाम अर्थात् तामाङ समुदायको नयाँ वर्ष सोनाम ल्होसार २५८९ ले सबैमा सुख, शान्ति र समृद्धि अभिवृद्धि हुन सकोस् भन्ने शुभकामना व्यक्त गरेका छन् ।

प्रदेश प्रमुख शर्माले आज एक सन्देश जारी गर्दै ‘सोनाम ल्होसार’ तामाङ समुदायमा नयाँ वर्षका रूपमा धुमधामका साथ मनाइने पर्व भएको उल्लेख गरेर सबैमा सुख, शान्ति र समृद्धि अभिवृद्धि हुन सकोस् भन्ने शुभकामना व्यक्त गरेका हुन् ।

शुभकामना सन्देशमा भनिएको छ, “नव वर्ष आरम्भको यस सुखद् घडीमा ल्होसार पर्व मनाउने समुदायका स्वदेश–विदेशमा रहनुहुने दाजुभाइ, दिदीबहिनी तथा सम्पूर्ण नेपालीहरूप्रति सुख, शान्ति र समृद्धिका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु ।” शुभकामना सन्देशमा उनले विविधतामा एकता, सद्भाव र सामाजिक सहिष्णुता एवं बन्धुत्व र पारस्परिक मेलमिलाप नै हाम्रो समाजको मूल चरित्र भएको जनाउँदै हाम्रा यस्ता राष्ट्रिय धरोहरप्रति हामी सबैले गौरवबोध गर्न सक्नुपर्ने बताए।

उनले यस्ता पर्वले सामूहिक हित, आपसी सम्मान र भाइचाराको सम्बन्ध विकास तथा विस्तारमा प्रेरित गर्न सकोस् भन्ने शुभकामना सन्देशमा व्यक्त गरेका छन् ।

प्रकाशित मिति : ८ माघ २०७९, आइतबार  १० : ०५ बजे

काठमाडौँको रानीपोखरीमा भेटियो पुरुषको शव, पहिचान खुल्न बाँकी

काठमाडौँ – रानीपोखरीमा बुधबार राति एक पुरुष मृत अवस्थामा फेला

आरुघाट पुल मर्मत तीव्र, दसैँअघि बेलिब्रिज राख्ने तयारी (तस्बिरहरू)

गोरखा – बुढीगण्डकी नदीमा गत असोज २५ गते आएको बाढीले

विभागले गर्‍यो राजमार्गका रेष्टुरेन्टको स्तरीकरण, मुग्लिनको ‘दाल भात पावर’ मात्र अति उत्तम

काठमाडौँ– राजमार्गमा यात्रा गर्ने यात्रुहरूलाई बासी तथा निम्न गुणस्तरको खाना

सरकारलाई रक्षा बमको चेतावनी- जनताले तपाईँहरूको ल्याकत नापिरहेका छन् 

काठमाडौँ– रक्षा बमले दसैँ मनाउन घर फर्किरहेका नागरिकले भोग्नुपरेका यातायात

पाकिस्तानमा विद्यालयको छत खस्दा २९ जनाको मृत्यु, ५० भन्दा बढी घाइते

पेसावर-  पाकिस्तानको पेसावरमा बिहीबार निजी विद्यालयको छत खस्दा २८ बालबालिका र