स्वास्थ्यमन्त्री गिरी बाँकेको दादुरा प्रभावित क्षेत्रमा « Khabarhub

स्वास्थ्यमन्त्री गिरी बाँकेको दादुरा प्रभावित क्षेत्रमा


८ माघ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

नेपालगञ्ज – बाँकेमा देखिएको दादुरा महामारीको अवस्थाबारे जानकारी लिन स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पदम गिरीले यहाँ स्थलगत अनुगमन गरेका छन् ।

नेपालगञ्ज उपमहानगरपालिका–५ स्थित आधारभूत स्वास्थ्य केन्द्रमा पुगेर दादुराका बिरामीको वास्तविक अवस्था बुझ्दै उनले नियन्त्रणका लागि सरकारले गर्नुपर्ने काममा कुनै कसर बाँकी नराख्ने बताए । उनले स्थानीयलाई खोप लगाउने विषयमा गम्भीर हुन सुझाव दिँदै दादुरा नियन्त्रणका लागि सरकारले खोप अभियान तीव्र बनाएको उल्लेख गरे ।

मन्त्री गिरीले खोपलाई प्रभावकारी बनाउन स्थानीय जनप्रतिनिधिको भूमिका महत्वपूर्ण रहेकाले अन्य काम छाडेर अहिले दादुरा नियन्त्रणमा सक्रिय हुन आग्रह गरेका छन् । मन्त्रीसँगै सांसदहरु सूर्य ढकाल, धवलशमशेर राणा र दीपा शर्मा, स्वास्थ्य मन्त्रालयका सचिव डा रोशन पोख्रेल, महानिर्देशक डा दीपेन्द्ररमण सिंह, नीति योजना महाशाखाप्रमुख डा कृष्ण पौडेल, प्रदेश स्वास्थ्य निर्देशक डा विनोद गिरी, डेपुटी डाइरेक्टर डा रोशनलाल चौधरी, स्वास्थ्य कार्यालय बाँकेका प्रमुख सुनिता पौडेललगायत सहभागी छन् ।

बाँकेका पाँच स्थानीय तहमा दुई सय ६० जना दादुराबाट प्रभावित भएका छन् । यसमध्ये सबैभन्दा बढी नेपालगञ्जमा दुई सय तीनजना रहेका छन् । प्रभावित भएकामध्ये एक सय ९६ निको भएको तथा ६३ जना उपचार गराइरहेका र एकको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

जिल्लामा अहिलेसम्म ६८ हजार दुई सय २१ जनाले खोप लगाएका छन् । अझै पनि ४८ हजार आठ सय २२ जनालाई खोप लगाउन बाँकी रहेको बताइएको छ । मन्त्री गिरीले नेपालगञ्जस्थित भेरी अस्पतालको समेत निरिक्षण गरेका छन् । उनले अस्पतालमा रहेका बिरामीसँग कुराकानी गर्नाका साथै विभिन्न वार्डको समेत अनुगमन गरेका छन् ।

उनले अस्पतालको फोहोर व्यवस्थापनका विषयमा पनि जानकारी लिएका छन् । अस्पतालका बारेमा मेडिकल सुपरिटेन्डेन्ट डा बद्री चापागाईंले जानकारी गराएका थिए।

प्रकाशित मिति : ८ माघ २०७९, आइतबार  १२ : ३८ बजे

सुनका गरगहना चोरीमा संलग्न पाँचजना पक्राउ

काठमाडौं । भक्तपुरको मध्यपुरथिमि नगरपालिका–१, लोकन्थलीस्थित एउटा घरबाट सुनका गरगहना,

प्रधानाध्यापकमाथि हातपात गर्ने २ जना पक्राउ

काठमाडौं । काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–१०, कपनस्थित बाल उद्धार माध्यमिक विद्यालयका

पोखरा स्कुल बस दुर्घटनाका घाइतेलाई एयर एम्बुलेन्सबाट काठमाडौं लगियो

पोखरा । कास्कीको पोखरा महानगरपालिका–२८ ओख्लेमा स्कुल बस दुर्घटनामा घाइते अश्मि

बूढीगण्डकी बाढी : आरुघाटमा बेलीब्रिज जडानको तयारीमा खटियो सेनाको टोली

काठमाडौं । बूढीगण्डकी बाढीले आरुघाट–धादिङ जोड्ने मोटरेबल पुलमा बगाएपछि सो

उपचार र राहतमा सहमतिपछि स्कुल बस दुर्घटनाका मृतकको अन्त्येष्टि

कास्की – पोखरा महानगरपालिका–२८ कालिकास्थित ओख्लेको भिरमा शुक्रबार बिहान स्कुल