लमजुङ एमाले : अधिवेशन भएको एक वर्षपछि जिम्मेवारी बाँडफाँट « Khabarhub

लमजुङ एमाले : अधिवेशन भएको एक वर्षपछि जिम्मेवारी बाँडफाँट


८ माघ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

लमजुङ- नेकपा एमाले लमजुङले जिल्ला अधिवेशन सम्पन्न भएको करिब एक वर्षपछि जिम्मेवारी बाँडफाँट र कार्य विभाजन गरेको छ।

एमालेको छैटौँ पूर्ण बैठकले प्रदेशसभा निर्वाचन क्षेत्रीय समन्वय कमिटी गठन गर्नुको साथै जिम्मेवारी बाँडफाँड र कार्य विभाजन गरेको हो।

बैठकले २ वटै क्षेत्रमा प्रदेशसभा निर्वाचन क्षेत्रीय समन्वय कमिटीको गठन गरेको छ। क्षेत्रीय समन्वय कमिटी क्षेत्र नम्बर १ मा उपसचिव जितबहादुर गुरुङलाई संयोजक तोकिएको छ। सहसंयोजकमा युवराज अधिकारी र सचिवमा शिवप्रसाद जोशी रहेका छन्।

क्षेत्रीय समन्वय कमिटी क्षेत्र नम्बर २ मा जिल्ला कमिटीका सचिवालय सदस्य राजेन्द्र बोहरालाई संयोजक तोकिएको छ। सहसंयोजकमा भोजबहादुर रिमाल र सचिवमा मेनबहादुर घलेलाई जिम्मेवारी तोकिएको छ।

यस्तै, पालिका इन्चार्ज र सह–इन्चार्ज समेत तोकेको छ।  स्थानीय तहतर्फ बेंसीशहर नगरपालिका इन्चार्जमा यसोदा रिमाल, सह–इन्चार्जमा रामकुमार श्रेष्ठ र विष्णुमाया राना, मध्यनेपाल नगरपालिका इन्चार्जमा जनकराज मिश्र, सह–इन्चार्जमा इन्द्रप्रसाद रेग्मी र अमृत तमाङलाई तोकिएको छ। सुन्दरवजार नगरपालिका इन्चार्जमा लोकराज पाण्डे, सह–इन्चार्जमा द्वारिकाप्रसाद मिश्र र प्रेमबहादुर भट्टराईलाई तोकिएको छ।

क्होलासोथर गाउँपालिका इन्चार्जमा सूर्यप्रसाद गुरुङ, सह–इन्चार्जमा कुमारीमुनी गुरुङ र पेमा गुरुङ, मर्स्याङ्दी गाउँपालिका इन्चार्जमा जितबहादुर गुरुङ, सह–इन्चार्जमा अमृता पोखरेल र महेन्द्र थापालाई जिम्मेवारी तोकिएको छ। दोर्दी गाउँपालिका इन्चार्जमा दिलबहादुर घले, सह–इन्चार्जमा राजेन्द्र अधिकारी र हिमला घिमिर, राइनास नगरपालिका इन्चार्जमा हिरालाल विक, सह–इन्चार्जमा शुभद्रा भुजेल र गोविन्द नेउपाने साथै दूधपोखरी गाउँपालिकामा इन्चार्ज रामचन्द्र दवाडी र सह–इन्चार्जमा सगुन गुरुङलाई जिम्मेवारी तोकिएको छ।

प्रकाशित मिति : ८ माघ २०७९, आइतबार  १ : १८ बजे

एनएफएलमा तीन नयाँ क्लब थपिने

काठमाडौं – नेपाल फुटबल लिग ९एनएफएल० ले तीन नयाँ क्लब

तापक्रम वृद्धिका विषयमा नेपाल–भुटानको संयुक्त प्रस्ताव

काठमाडौं – नेपाल र भुटानले हिमाली क्षेत्रमा जलवायु परिवर्तनका कारण

रवीन्द्र मिश्रले भने : ‘सत्ता कब्जा’काे सङ्केत देखियो

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्वउपाध्यक्ष रवीन्द्र मिश्रले पछिल्लो

नेपालका आठ हजार मिटरमाथिका हिमाललाई अन्तरराष्ट्रिय मान्यता दिलाउन पहल

काठमाडौं – नेपाल सरकारले विश्वका आठ हजार मिटरभन्दा अग्ला हिमालको

बेगनास ताल किनारमा सुरु भयो ‘फिस फेस्टिभल’

कास्की – पोखराको दोस्रो ठूलो बेगनास तालको किनारमा आजदेखि ‘फिस