लमजुङ एमाले : अधिवेशन भएको एक वर्षपछि जिम्मेवारी बाँडफाँट « Khabarhub

लमजुङ एमाले : अधिवेशन भएको एक वर्षपछि जिम्मेवारी बाँडफाँट


८ माघ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

लमजुङ- नेकपा एमाले लमजुङले जिल्ला अधिवेशन सम्पन्न भएको करिब एक वर्षपछि जिम्मेवारी बाँडफाँट र कार्य विभाजन गरेको छ।

एमालेको छैटौँ पूर्ण बैठकले प्रदेशसभा निर्वाचन क्षेत्रीय समन्वय कमिटी गठन गर्नुको साथै जिम्मेवारी बाँडफाँड र कार्य विभाजन गरेको हो।

बैठकले २ वटै क्षेत्रमा प्रदेशसभा निर्वाचन क्षेत्रीय समन्वय कमिटीको गठन गरेको छ। क्षेत्रीय समन्वय कमिटी क्षेत्र नम्बर १ मा उपसचिव जितबहादुर गुरुङलाई संयोजक तोकिएको छ। सहसंयोजकमा युवराज अधिकारी र सचिवमा शिवप्रसाद जोशी रहेका छन्।

क्षेत्रीय समन्वय कमिटी क्षेत्र नम्बर २ मा जिल्ला कमिटीका सचिवालय सदस्य राजेन्द्र बोहरालाई संयोजक तोकिएको छ। सहसंयोजकमा भोजबहादुर रिमाल र सचिवमा मेनबहादुर घलेलाई जिम्मेवारी तोकिएको छ।

यस्तै, पालिका इन्चार्ज र सह–इन्चार्ज समेत तोकेको छ।  स्थानीय तहतर्फ बेंसीशहर नगरपालिका इन्चार्जमा यसोदा रिमाल, सह–इन्चार्जमा रामकुमार श्रेष्ठ र विष्णुमाया राना, मध्यनेपाल नगरपालिका इन्चार्जमा जनकराज मिश्र, सह–इन्चार्जमा इन्द्रप्रसाद रेग्मी र अमृत तमाङलाई तोकिएको छ। सुन्दरवजार नगरपालिका इन्चार्जमा लोकराज पाण्डे, सह–इन्चार्जमा द्वारिकाप्रसाद मिश्र र प्रेमबहादुर भट्टराईलाई तोकिएको छ।

क्होलासोथर गाउँपालिका इन्चार्जमा सूर्यप्रसाद गुरुङ, सह–इन्चार्जमा कुमारीमुनी गुरुङ र पेमा गुरुङ, मर्स्याङ्दी गाउँपालिका इन्चार्जमा जितबहादुर गुरुङ, सह–इन्चार्जमा अमृता पोखरेल र महेन्द्र थापालाई जिम्मेवारी तोकिएको छ। दोर्दी गाउँपालिका इन्चार्जमा दिलबहादुर घले, सह–इन्चार्जमा राजेन्द्र अधिकारी र हिमला घिमिर, राइनास नगरपालिका इन्चार्जमा हिरालाल विक, सह–इन्चार्जमा शुभद्रा भुजेल र गोविन्द नेउपाने साथै दूधपोखरी गाउँपालिकामा इन्चार्ज रामचन्द्र दवाडी र सह–इन्चार्जमा सगुन गुरुङलाई जिम्मेवारी तोकिएको छ।

प्रकाशित मिति : ८ माघ २०७९, आइतबार  १ : १८ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको