कोलम्बियाको सरकार र विद्रोही समूहबीच शान्ति वार्ता हुने « Khabarhub

कोलम्बियाको सरकार र विद्रोही समूहबीच शान्ति वार्ता हुने


८ माघ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- ल्याटिन अमेरिकी मुलुक कोलम्बियाको सरकार र विद्रोही समूहबीच आगामी महिना शान्ति वार्ता हुने भएको छ । कोलम्बियाको सरकारले शनिबार शान्ति वार्ताबारे जानकारी दिएको हो ।

सरकारले विद्रोही समूह नेशनल लिबरेसन आर्मी इएलएनसँग शान्ति वार्ताका लागि पहल गरेको र आगामी महिना नै वार्ता हुने भएको कोलम्बियाली सरकारले जनाएको हो ।

शनिबार विद्राही समूह र सरकारी वार्ता टोलीबीच यसबारे सहमति भएको हो । सरकारी वार्ता टोलीका प्रमुख ओटी प्याटिनोले सरकारी र विद्रोही समूहका वार्ता टोलीका सदस्यका बीचमा शनिबार छलफल भएको र आगामी महिना शान्ति वार्ता हुने तय भएको जानकारी दिए ।

उनले अबको वार्ता दोस्रो चरणको हुने भन्दै यसबाट देशमा शान्ति स्थापनाका लागि सहयोग पुग्ने समेत बताएका छन् । अबको वार्तामा सरकारी पक्ष पनि आशावादी भएको र दुबै पक्ष सहमतिको नजिकमा पुग्ने सम्भावना धेरै रहेको पनि उनको भनाइ छ ।

शनिबारको वार्ताका क्रममा दुवै पक्षका बीचमा धेरै कुरामा समझ्दारी भएको र आगामी केही दिनमा नै युद्धविरामको पनि सहमति हुने उनले बताए । सरकारले मुलुकमा दशकौँसम्म जारी रहेको हिंसाको अन्त्यका लागि शान्ति वार्ताका माध्यमबाट अधिकतम प्रयास गर्ने बताएको छ ।

प्रकाशित मिति : ८ माघ २०७९, आइतबार  १ : २३ बजे

रास्वपाको केन्द्रीय समिति बैठक : स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट समिति गठन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको आज बसेको

बेगनास तालमा डुबेर युवकको मृत्यु

कास्की – पोखरा महानगरपालिका–३१ स्थित बेगनास तालमा नुहाउने तथा पौडी

लन्डनस्थित पशुपतिनाथ मन्दिरबाट बाढीपीडितलाई ५० लाख सहयोग

गुल्मी – बेलायतको लन्डनस्थित पशुपतिनाथ मन्दिर व्यवस्थापन समितिले नेपालका बाढीपीडितको

तमोर नदीमा बगेर एक किशोर बेपत्ता

तेह्रथुम – यहाँको म्याङलुङ नगरपालिका–१ लुमुघाट स्थित तमोर नदीमा नुहाउने