लमजुङ कांग्रेसको संगठन विस्तार « Khabarhub

लमजुङ कांग्रेसको संगठन विस्तार


८ माघ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

लमजुङ – नेपाली कांग्रेस लमजुङले संगठन विस्तार अभियानलाई अघि बढाएको छ। अभियानअन्तर्गत चुनावी समीक्षाका लागि प्रतिवेदन तयार गरेर बुझाउन जिल्लाका ८ वटै पालिकामा पदाधिकारी तथा नेताहरुलाई जिम्मेवारी तोकेर पठाएको छ।

जिम्मेवारी पाएका नेतालाई कांग्रेस जिल्ला कार्यसमितिले यही माघ १४ गतेभित्रमा प्रतिवेदन तयार पारेर जिल्ला कार्य समितिमा पेस गर्न निर्देशन गरेको छ। उक्त प्रतिवेदनलाई जिल्ला कार्यसमितिको बैठकमा राखेर छलफल गरेर आवश्यक निर्णय गरेर अघि बढ्ने कांग्रेसले जनाएको छ।

कांग्रेसले बेंसीसहर नगरपालिकामा उपसभापति आनन्द घिमिरे, मर्स्याङ्दी गाउँपालिकामा उपसभापति श्रीकान्त घिमिरे, राइनास नगरपालिकामा सचिव कृष्णबहादुर अधिकारी, सुन्दरबजार नगरपालिकामा सचिव विमल श्रेष्ठ, मध्यनेपाल नगरपालिकामा कोषाध्यक्ष सिर्जना गुरुङ, दोर्दी गाउँपालिकामा सहसचिव विश्वदेव पौडेल, क्व्होलासोंथार गाउँपालिकामा प्रवक्ता गणेश गौली र दूध पोखरी गाउँपालिकामा सदस्य गमप्रसाद गुरुङलाई खटाएको छ।

स्थानीय तहको प्रतिवेदन पेस भएपछि कांग्रेसले संघ, प्रदेश र स्थानीय निर्वाचनको सूक्ष्म समीक्षा गरी सकारात्मक साथै नकारात्मक विषय माथि छलफल गर्ने भएको छ।

त्यसअघि शुभेच्छुक, भातृ, वडा, टोल, पालिका समितिहरूको क्रियाकलापको बारेमा छलफल समीक्षा गर्ने, वडा तथा पालिकाको विकाश निर्माणमा अत्यावश्यक पहिचान गरी सिफारिस गर्ने, स्थानीय जनप्रतिनिधिहरूको पार्टी प्रतिको जबाफदेहिता र समन्वयको बारेमा समीक्षा गर्ने, संगठन सुदृढीकरणको लागि आगामी रणनीति र कार्यनीतिबारे छलफल गरिने नेपाली कांग्रेस लमजुङका सभापति डा. टकराज गुरुङले बताए।

प्रकाशित मिति : ८ माघ २०७९, आइतबार  १ : २३ बजे

लालझाडी कप फुटबल प्रतियोगिता मङ्सिर ३ गतेदेखि

कञ्चनपुर– कञ्चनपुरमा आगामी मङ्सिर ३ गतेदेखि दशौँ संस्करणको लालझाडी कप

मंगलबार भगवान गणेशको पूजा गर्नुहोस्

काठमाडौँ– मंगलबार गणेशको पूजा, अर्चना र व्रत बस्दा राम्रो फल

एनपीएलमा आज दुई खेल : विराटनगर र चितवन तथा कर्णाली र जनकपुर खेल्ने

काठमाडौँ – नेपाल प्रिमियर एनपीएलमा मंगलबार दुई खेल हुँदैछन् ।

नोबेल शान्ति पुरस्कार नपाएपछि ट्रम्पले भने : नर्वे वास्तवमै फोहोर राज्य बन्यो

पोर्ट ह्युरन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नर्वेका आप्रवासीलाई अमेरिकामा

विदेश पठाउन लागिएको एक हजार प्याकेट चुरोट बरामद

काठमाडौं – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको कार्गो कम्प्लेक्स भवनबाट आवश्यक कागजपत्रबिना