लमजुङ कांग्रेसको संगठन विस्तार « Khabarhub

लमजुङ कांग्रेसको संगठन विस्तार


८ माघ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

लमजुङ – नेपाली कांग्रेस लमजुङले संगठन विस्तार अभियानलाई अघि बढाएको छ। अभियानअन्तर्गत चुनावी समीक्षाका लागि प्रतिवेदन तयार गरेर बुझाउन जिल्लाका ८ वटै पालिकामा पदाधिकारी तथा नेताहरुलाई जिम्मेवारी तोकेर पठाएको छ।

जिम्मेवारी पाएका नेतालाई कांग्रेस जिल्ला कार्यसमितिले यही माघ १४ गतेभित्रमा प्रतिवेदन तयार पारेर जिल्ला कार्य समितिमा पेस गर्न निर्देशन गरेको छ। उक्त प्रतिवेदनलाई जिल्ला कार्यसमितिको बैठकमा राखेर छलफल गरेर आवश्यक निर्णय गरेर अघि बढ्ने कांग्रेसले जनाएको छ।

कांग्रेसले बेंसीसहर नगरपालिकामा उपसभापति आनन्द घिमिरे, मर्स्याङ्दी गाउँपालिकामा उपसभापति श्रीकान्त घिमिरे, राइनास नगरपालिकामा सचिव कृष्णबहादुर अधिकारी, सुन्दरबजार नगरपालिकामा सचिव विमल श्रेष्ठ, मध्यनेपाल नगरपालिकामा कोषाध्यक्ष सिर्जना गुरुङ, दोर्दी गाउँपालिकामा सहसचिव विश्वदेव पौडेल, क्व्होलासोंथार गाउँपालिकामा प्रवक्ता गणेश गौली र दूध पोखरी गाउँपालिकामा सदस्य गमप्रसाद गुरुङलाई खटाएको छ।

स्थानीय तहको प्रतिवेदन पेस भएपछि कांग्रेसले संघ, प्रदेश र स्थानीय निर्वाचनको सूक्ष्म समीक्षा गरी सकारात्मक साथै नकारात्मक विषय माथि छलफल गर्ने भएको छ।

त्यसअघि शुभेच्छुक, भातृ, वडा, टोल, पालिका समितिहरूको क्रियाकलापको बारेमा छलफल समीक्षा गर्ने, वडा तथा पालिकाको विकाश निर्माणमा अत्यावश्यक पहिचान गरी सिफारिस गर्ने, स्थानीय जनप्रतिनिधिहरूको पार्टी प्रतिको जबाफदेहिता र समन्वयको बारेमा समीक्षा गर्ने, संगठन सुदृढीकरणको लागि आगामी रणनीति र कार्यनीतिबारे छलफल गरिने नेपाली कांग्रेस लमजुङका सभापति डा. टकराज गुरुङले बताए।

प्रकाशित मिति : ८ माघ २०७९, आइतबार  १ : २३ बजे

मंगलबार भगवान गणेशको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २७ गते मंगलबार सन् २०२६

आज २०८३ साल असोज  २७ गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २७ गते मंगलबार सन् २०२६

लागुऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित १६ जनालाई

मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित, चुम उपत्यकाको पदयात्रा स्थगित

गोरखा – बूढीगण्डकी बाढीका कारण प्रभावित मनास्लु क्षेत्रको पदयात्रामा रहेका

बुढीगण्डकी बाढीले गोरखामा अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र

गोरखा- ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले बुढीगण्डकी तथा यसको सहायक