सुर्खेत जिप दुर्घटनामा मृत्यु हुने चारैजना स्वास्थ्यकर्मी | Khabarhub Khabarhub

सुर्खेत जिप दुर्घटनामा मृत्यु हुने चारैजना स्वास्थ्यकर्मी


८ माघ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- आइतबार बिहान सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–११ मा जिप दुर्घटनामा परी मृत्यु हुने चारै जना स्वास्थ्यकर्मी रहेको खुलेको छ ।

कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. रविन खड्काका अनुसार मृत्यु भएकामा दैलेख डुङ्गेश्वर गाउँपालिकाको स्वास्थ्य शाखामा कार्यरत जनस्वास्थ्य निरीक्षक (छैटौं) दीपेन्द्रजंग शाही छन् ।

त्यसैगरी दैलेख भगवतीमाई गाउँपालिकामा कार्यरत जनस्वास्थ्य निरीक्षक (छैटौं) बबिन शाही र दैलेख गुराँस गाउँपालिकामा कार्यरत जनस्वास्थ्य निरीक्षक (छैटौं) राजेन्द्र बीसी र फार्मेसी सञ्चालक वीरेन्द्रनगर–७ का २७ वर्षीय सागर शाहीको पनि दुर्घटनामा परी मृत्यु भएको छ ।

पाँचजना सवार बागमती प्रदेश ०१०२६ च ९२१३ नम्बरको डबल क्याप हाइलेक्स जिप शनिबार राति साढे २ बजे वीरेन्द्रनगर–११ झुप्रोखोलास्थित रत्न राजमार्गमा दुर्घटनामा परेको हो ।

प्रकाशित मिति : ८ माघ २०७९, आइतबार  १ : ५३ बजे

जलवायु वित्त र दिगो कृषि प्रणालीमा सहयोग गर्न परराष्ट्रमन्त्रीको आग्रह

काठमाडौं – परराष्ट्रमन्त्री मन्त्री डा. आरजु राणा देउवाले नेपाल र

माधव नेपालको पदलोलुपता ज्यादै अशोभनीय: सूर्य थापा

काठमाडौं – नेकपा (एमाले)का सांसद सूर्य थापाले नेकपा (एकीकृत समाजवादी)

रोमाञ्चक खेलमा इङ्गल्यान्डसँग भारत एक विकेटले पराजित

काठमाडौं – इङ्गल्यान्ड यु-१९ क्रिकेट टोलीले भारत यु-१९ क्रिकेट टोलीमाथि

आजको मौसम: कोशी, बागमती, गण्डकी र लुम्बिनीमा भारी वर्षाको सम्भावना

काठमाडौं – हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल