रोल्पामा स्नातकोत्तर तहको पढाइ सुरु हुने « Khabarhub

रोल्पामा स्नातकोत्तर तहको पढाइ सुरु हुने


८ माघ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- रोल्पामा स्नातकोत्तर तहको अध्यापन सुरु हुने भएको छ । सदरमुकाम लिवाङको जलजला बहुमुखी क्याम्पसले स्नातकोत्तर तहको पठनपाठन सञ्चालन गर्न लागेको हो ।

मध्यपश्चिमाञ्चल विश्वविद्यालयको आङ्गिक क्याम्पसका रुपमा रहेको सो क्याम्पसले चालु शैक्षिक सत्रदेखि स्नातकोत्तर तहमा शिक्षाशास्त्र सङ्काय अन्तर्गत ‘पाठ्यक्रम र मूल्याङ्कन’ विषय अध्यापन गराउन लागेको क्याम्पस प्रमुख खेम खड्काले जानकारी दिए ।

“स्नातकोत्तर कक्षा सञ्चालनका लागि भौतिक तथा मानवीय स्रोत उपलब्ध रहेकाले तत्काल कम्तीमा दुई विषयमा कक्षा सञ्चालन गर्न सकिने भएपनि हाल एउटा विषयको मात्रै स्वीकृति पाएका छौँ,” खड्काले भने ।

विद्यार्थी भर्नाका लागि क्याम्पसले आवेदन खुला गरिसकेको छ । त्यसका लागि माघ २१ मा प्रवेश परीक्षा सञ्चालन गरिनेछ भने फागुन ३ सम्म भर्ना समय तोकिएको छ । उनले फागुन ५ देखि नियमित पठनपाठन सुरु गर्ने योजना रहेको बताए ।

यसअघि जिल्लामा स्नातकोत्तर तहको पढाइ नहुदा सो क्षेत्रका विद्यार्थीहरु दाङ, नेपालगञ्ज, प्यूठान, बुटवल, काठमाडौँलगायतका स्थानमा जानुपर्ने बाध्यता थियो । कक्षा सञ्चालनका लागि यसअघि मध्यपश्चिमाञ्चल विश्वविद्यालयको ‘स्कूल अफ एजुकेशन’ का डिन प्राध्यापक डा. लीलाधर तिवारी नेतृत्वको तीन सदस्यीय टोलीले सम्भाव्यता अध्ययन गरेर फर्किएको थियो ।

विसं २०६१ मा स्थापना भएको जलजला बहुमुखी क्याम्पसमा हाल स्नातक तहमा मानविकी, व्यवस्थापन र शिक्षाशास्त्र पठनपाठन हुँदै आएको छ । क्याम्पसमा हाल चार सय ८३ विद्यार्थी अध्ययन गरिरहेका छन् । त्रिभुवन विश्वविद्यालयको सम्बन्धनमा रोल्पाको जुगारमा स्नातक तहको पठनपाठन हुने गरी अर्को क्याम्पस सञ्चालनमा छ ।

प्रकाशित मिति : ८ माघ २०७९, आइतबार  २ : ५१ बजे

रेविज सङ्क्रमणबाट पाँचथरमा ३६ पशुचौपाया मरे

पाँचथर – रेबिज रोगको सङ्क्रमणबाट पाँचथरमा ३६ वटा पशुचौपाया मरेका

महाकाली अस्पतालमा जनशक्ति र उपकरण अभाव, मिर्गौलाका बिरामीलाई उपचारमा समस्या

कञ्चनपुर – कञ्चनपुरस्थित महाकाली प्रादेशिक अस्पतालमा आवश्यक जनशक्ति र उपकरण

हुलाकी सडक कालोपत्र गर्न निकुञ्ज क्षेत्रका एक हजार बढी रूख काट्नुपर्ने

चितवन – भरतपुरबाट माडी हुँदै ठोरीतर्फ जाने सडकमा पर्ने चितवन

सांसदहरूले आफूले बोल्ने हरेक शब्द र निर्णयप्रति गम्भीर हुनुपर्छ : गगन थापा

काठमाडौं – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले संसद्मा पुगेपछि सांसदहरूले

रातमा झलमल्ल बालकुमारी–बल्खु सडक (तस्बिरहरू)

काठमाडाैं – काठमाडौंको चक्रपथअन्तर्गत ललितपुर महानगरपालिकामा पर्ने बालकुमारी पुलदेखि बल्खुसम्मको