प्रदेशको औचित्यमा प्रश्न गर्नु पश्चगामी सोच हो « Khabarhub

प्रदेशको औचित्यमा प्रश्न गर्नु पश्चगामी सोच हो


८ माघ २०७९, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ : बाबुराम गौतम नेकपा माओवादी केन्द्रबाट प्रदेश १ को सभामुख निर्वाचित भएका छन् । अरू प्रदेशले नामकरण पाइरहँदा प्रदेश १ ले भने अहिलेसम्म नाम पनि पाएको छैन । यो प्रदेश नामाकरणका लागि ठूलो विवाद छ । सत्ता समीकरणमा फेरबदल हुन सक्ने सम्भावनाकाबीच सभामुख चयन भएका प्रदेश १ का सभामुख बाबुराम गौतमसँग नयन सापकोटाले गरेको कुराकानीको सम्पादित अंशः

सबै राजनीतिक दलहरूलाई मिलाएर लैजान एक सभामुखका लागि कति चुनौति हुन्छ ?
सभामुखको भूमिकामा रहँदै गर्दा यसका धेरै बहु आयामिक जिम्मेवारी छन् । प्रदेश १ का धेरै कानुनी अभावहरू छन् । कानुनी आधारहरू बनिसकेका छैनन् । जसको विकासका कार्यमा निरन्तर लागि पर्ने बाचा दिन्छु ।

प्रदेश १ को नामाकरणका हिसाबमा दलहरूको कुन नाममा चाहिँ बढी अडान लिएका छन् ?
धेरै जसो हिस्सा ठूलो छ । नामको विषयवस्तुमा प्रवेश गरेर सुरु नगरेको अवस्था छ । सभामुखको हिसाबले भन्नु पर्दा सबै दलहरूलाई एउटा नाम सर्वस्वीकार्य नाम त्यहाँको भूगोल, संस्कार, संस्कृति झल्कने नाम राख्न आवश्यक छ । यही अङ्कगणित छ भन्न नसक्ने अवस्था छ । सरकारको प्राथमिकतालाई पनि ध्यानमा राख्न जरुरी छ ।

पुरानो गठबन्धन भएको भए तपाई सभामुख पद पाउनुमा के भन्नु हुन्छ ?
गठबन्धनको तथा दलहरूको सङ्ख्या छ त्यस हिसाबले मेरो हात माथि पर्छ भन्ने लागेको थियो । मैले प्रतिनिधित्व गर्दा दलको सङ्ख्या बढी भएकोले असहज हुन्छ जस्तो लाग्दैन । आन्दोलनको हिसाबले भूमिका परिवर्तन हुन सक्छ । पहिले देखिने आकर्षणको पदका रूपमा रहेको छ । सभामुखको रोल राष्ट्रपति रोल जस्तो त नहुन सक्छ ।

प्रदेशमार्फत हुने काम कारबाहीमा असहज भएको कारण यसको औचित्य माथि प्रश्न खडा हुनुमा के भन्न चाहनु हुन्छ ?
प्रदेशको औचित्यको बारेमा हामी कुनै भ्रममा रहनु हुँदैन । प्रदेश केन्द्रीकृत संसदीय व्यवस्थाबाट जनताले जति लाभ लिनुपर्ने हो त्यसमा कमी भएको तथा लिन नसकेको पाइन्छ । अहिले जनताको पहुँच सिधा सरकारमा पुगेको छ । केन्द्रीय सरकारलाई धेरै कम लोड परेको अवस्था छ । जसमा स्थानीय तह बलियो हुँदै गएको अवस्था छ र कार्यकारी सरकार पनि हो । प्रदेशको औचित्यमा प्रश्न गर्नु भनेको हामी पश्चगामी सोचमा जानु हो ।

पछिल्लो समय राजनीति निकै अस्थिर देखिन्छ, नेपाली राजनीतिको रोग खासमा के रहेछ ?
नेपाललाई कसरी अगाडि बढाउने भन्ने सोच तपाई हामी सबैले सोचेको हुन्छ । राजनीति गरेपछि राज्यको निकायमा पुग्नु नै हो । राजनीति गरेर विभिन्न सोच राख्न जरुरी रहँदैन । गरिब देशका मान्छे हौँ धेरै सीमाहरू रहेका छन् । जस कारण पनि हामी सानो कुराले पनि प्रभावित हुने गरेको छ । राजनीतिक नेतृत्वले विचारलाई केन्द्रित गरेर कार्यलाई अगाडि बढाउन आवश्यक छ । बिचार भन्दा बाहिर पनि धेरै कार्य भएका भने छन् त्यो एक नकारात्मक पक्ष हो ।

अहिले एमाले र माओवादीको गठबन्धन छ । आलोपालो सरकार चलाउने सहमति छ, यो गठबन्धन दिगो जाने आधार के छ ?
सरकारमा बहुरूपी मान्छे रहेका छन् । उत्तर र दक्षिण फर्केका मान्छेको समूहले यो सरकार बनेको छ । नेपाली काँग्रेसले दिएको समर्थनलाई पर राखेर पनि चार तिर फर्केको प्रवृत्ति र चुनौतीहरू छन् । चुनौतीलाई सफलता पूर्वक पुरा गर्न सक्नु पर्छ ।

(प्रस्तुति : कुसुम गौतम)

प्रकाशित मिति : ८ माघ २०७९, आइतबार  ३ : ४६ बजे

इरानको युद्धविराम प्रस्ताव ट्रम्पले गरे अस्वीकार

काठमाडौँ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको युद्धविराम प्रस्ताव अस्वीकार

बाढीले नवलपरासी र तनहुँ जोड्ने कालीगण्डकीमाथिको पुल बगायो

नवलपुर (नवलपरासी) । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) र तनहुँ जोड्ने कालीगण्डकी नदीमा

पाटा नेपाल च्याप्टरको अध्यक्षमा नरेन्द्रदेव भट्ट निर्वाचित

काठमाडौं। प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरको अध्यक्षमा नरेन्द्रदेव

अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटक परमिट बन्द

मुस्ताङ ।  राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले 

मधेश र कोशीबीच आर्थिक तथा वित्तीय सहकार्य गर्ने समझदारी

काठमाडौँ- मधेश प्रदेश सरकारको अर्थ मन्त्रालय र कोशी प्रदेश सरकारको आर्थिक