सरकारलाई विश्वासको मत दिनु गलत भएको कांग्रेसको कोइराला पक्षको निष्कर्ष « Khabarhub

सरकारलाई विश्वासको मत दिनु गलत भएको कांग्रेसको कोइराला पक्षको निष्कर्ष


८ माघ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कांग्रेसको शेखर कोइराला पक्षको भेलाले सरकारलाई विश्वासको मत दिनु गलत भएको निष्कर्ष निकालेको छ ।

आइतबार काठमाडौंमा बसेको भेलाले सरकारलाई विश्वासको मत दिएर कांग्रेसले गल्ती गरेको र अब सदनमा सशक्त प्रतिपक्षको भूमिका खेल्नुपर्ने निष्कर्ष निकालेको हो । सरकारलाई विश्वासको मत दिएपछि अब स्पष्ट रुपमा पार्टीले प्रतिपक्षीको भूमिका निर्वाह गर्नुपर्नेमा अधिकांशको जोड रहेको कांग्रेस केन्द्रिय सदस्य चन्द्र भण्डारीले बताए ।

यसअघि गठबन्धन गरेर नै निर्वाचनमा गएको कांग्रेस ठूलो पार्टी हुँदा पनि सरकार बन्ने बेला गठबन्धन टुट्नु कमजोरी भएको उनको भनाइ छ । उनले कांग्रेस प्रतिपक्षीमा बस्ने वा राष्ट्रपति पाउँछु भनेर दौडने भन्ने विषयमा बैठकमा छलफल भएको जानकारी दिए ।

आफुहरुको छलफल कसैप्रति लक्षित नभइ र पार्टीलाई बलियो बनाएर अघि बढाउनका लागि भएकाले आगामी संसदको बैठक र केन्द्रीय कार्यसमिति बैठक अघि ठोस निष्कर्ष निकाल्ने भण्डारीले बताए ।

प्रकाशित मिति : ८ माघ २०७९, आइतबार  ५ : ०० बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको