सुविधा पाउने नियतले प्रमुख प्रतिपक्षी दलको दाबी गरेको होइन : नेमकिपा अध्यक्ष बिजुक्छें | Khabarhub Khabarhub

सुविधा पाउने नियतले प्रमुख प्रतिपक्षी दलको दाबी गरेको होइन : नेमकिपा अध्यक्ष बिजुक्छें


८ माघ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाल मजदुर किसान पार्टी नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेंले संघीय संसदमा प्रमुख प्रतिपक्षी दलमा आफूहरुको दाबी कुनै सुविधा पाउने नियतले नभएको स्पष्ट पारेका छन् । प्रमुख प्रतिपक्षी दलको दाबी सरकारी सुविधा पाउनको लागि नभएको उनको भनाइ छ ।

४९ औं पार्टी स्थापना दिवसको अवसरमा आइतबार भक्तपुरमा आयोजित कार्यक्रममा उनले आफ्नो पार्टी लेनदेनको नभई सिद्धान्तको आधारमा चल्ने बताए ।

पार्टी सचिव एवं संघीय सांसद प्रेम सुवालले नेपालमा विद्यमान संविधान र ऐन कानुन अनुसार नेमकिपालाई नै प्रमुख प्रतिपक्षी दल घोषणा गर्नुपर्ने जिकिर गरे ।

कार्यक्रममा ७० वर्ष उमेर नाघिसकेका ११ जना कार्यकर्ताहरुलाई सम्मान गरिएको थियो ।

प्रकाशित मिति : ८ माघ २०७९, आइतबार  ५ : १६ बजे

प्रहरीको आयोजनामा गृहमन्त्री लामिछानेसहितले गरे योग

काठमाडौं- दशौं अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा बुधबार नेपाल प्रहरीले सामूहिक

केन विलियम्सनले दिए कप्तानीबाट राजीनामा

काठमाडौं– न्युजिल्यान्डमा जारी टी-२० विश्वकपको सुपर-८ खेल्न नसकेपछि केन विलियम्सनले

विपद् जोखिम न्यूनीकरणमा संवेदनशील बन आयोगको आग्रह

काठमाडौं– राष्ट्रिय मानव अधिकार आयोगले विपद्जन्य घटनाको न्यूनीकरण, पूर्वतयारी, प्रतिकार्य

नुहाउन गएका दुई बालकको बलानको बाढीले बगाउँदा मृत्यु

सिरहा- नुहाउन गएका दुई बालकलाई बाढीले बगाउँदा ज्यान गएको छ

ताप्लेजुङमा बाढीपहिरोबाट ८१ परिवार विस्थापित

ताप्लेजुङ– ताप्लेजुङमा मनसुनी वर्षा सुरु भएयता बढीपहिरोका कारण ८१ घरका