गोकर्णेश्वरबाट पालिका पर्यटन प्रवर्द्धन कार्यक्रम सुरु « Khabarhub

गोकर्णेश्वरबाट पालिका पर्यटन प्रवर्द्धन कार्यक्रम सुरु


८ माघ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ : स्थानीय तहमा रहेका पर्यटकीय क्षेत्रको प्रवर्द्धन र पूर्वाधार विकासलाई लक्षित गरिएको ‘पालिका पर्यटन प्रवर्द्धन कार्यक्रम’ काठमाडौँको गोकर्णेश्वर नगरपालिकाबाट सुरु भएको छ । शनिबार दिउँसो गोकर्णेश्वरको गोकर्ण शहिद निजामति पार्कमा पहिलो कार्यक्रम सम्पन्न भएको हो ।

नेपाल टुरिजम प्रोमोसन (एनटीपी) मल्टिमिडिया ग्रुपको आयोजनामा भएको कार्यक्रममा गोकर्णेश्वर नगरपालिका ४ का वडाध्यक्ष जयराम महत र पार्क व्यवस्थापन समितिका अध्यक्ष सुदर्शन सिग्देल प्रमुख वक्ता थिए ।

नेपाल पर्यटन बोर्डको सहकार्य र गोकर्णेश्वर नगरपालिकाको सहयोगमा सञ्चालित कार्यक्रममा गोकर्णमा रहेको शहिद पार्कको निर्माण, व्यवस्थापन तथा पर्यावरणीय पर्यटनका विषयमा छलफल भएको थियो ।

कार्यक्रममा बोल्दै वडाध्यक्ष महतले शहिद निजामति पार्क पर्यावरणका हिसाबले काठमाडौँको दक्षिण क्षेत्रका लागि हब बनाउन सकिने बताए । अहिले संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारको बजेटमा पार्क निर्माण तथा व्यवस्थापनको काम भइरहेकाले निर्माण कार्य सम्पन्न भएपश्चात यसलाई दक्षिण एसियाकै उत्कृष्ट पार्कका रुपमा चिनाउन सकिने बताए ।

यस्तै पार्क व्यवस्थापन समितिका अध्यक्ष सुदर्शन सिग्देलले शहिद दिवसको दिन पार्क उद्घाटन गर्नेगरि अहिले निर्माण कार्य तीव्र गतिमा भइरहेको बताए । पार्क नजिक देखिएको निर्माण सामग्री, फोहोर व्यवस्थापनको बाँकी काम विस्तारै हुँदै जाने पनि उनको भनाइ छ । कार्यक्रम पत्रकार विष्णु विवेकले सहजीकरण गरेका थिए ।

नेपाल नगरपालिका संघ र पर्यटन बोर्डसँग सहकार्य गरेर पहिलो चरणमा नेपालका १०० वटा पालिकामा ‘पालिका पर्यटन प्रवर्द्धन कार्यक्रम’ सञ्चालन गरिनेछ । जसको सुरुवात गोकर्णेश्वर नगरपालिकाबाट गरिएको हो ।

काठमाडौँ उपत्यकामा रहेका पालिकापछि विश्व सम्पदा सूचिमा रहेका पर्यटकीय क्षेत्र लगायत विभिन्न पालिकाका पर्यटकीय क्षेत्रमा पुगेर पर्यटन प्रवर्द्र्धनमुलक बहस कार्यक्रम गरिनेछ । पालिका पर्यटन प्रवर्द्धन कार्यक्रमपछि आउँदो बैशाखमा काठमाडौँको बसन्तपुरमा ‘नेपाल पर्यटन महोत्सव’ आयोजना गरिनेछ ।

प्रकाशित मिति : ८ माघ २०७९, आइतबार  ५ : २२ बजे

इरानको युद्धविराम प्रस्ताव ट्रम्पले गरे अस्वीकार

काठमाडौँ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको युद्धविराम प्रस्ताव अस्वीकार

बाढीले नवलपरासी र तनहुँ जोड्ने कालीगण्डकीमाथिको पुल बगायो

नवलपुर (नवलपरासी) । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) र तनहुँ जोड्ने कालीगण्डकी नदीमा

पाटा नेपाल च्याप्टरको अध्यक्षमा नरेन्द्रदेव भट्ट निर्वाचित

काठमाडौं। प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरको अध्यक्षमा नरेन्द्रदेव

अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटक परमिट बन्द

मुस्ताङ ।  राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले 

मधेश र कोशीबीच आर्थिक तथा वित्तीय सहकार्य गर्ने समझदारी

काठमाडौँ- मधेश प्रदेश सरकारको अर्थ मन्त्रालय र कोशी प्रदेश सरकारको आर्थिक