गोकर्णेश्वरबाट पालिका पर्यटन प्रवर्द्धन कार्यक्रम सुरु « Khabarhub

गोकर्णेश्वरबाट पालिका पर्यटन प्रवर्द्धन कार्यक्रम सुरु


८ माघ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ : स्थानीय तहमा रहेका पर्यटकीय क्षेत्रको प्रवर्द्धन र पूर्वाधार विकासलाई लक्षित गरिएको ‘पालिका पर्यटन प्रवर्द्धन कार्यक्रम’ काठमाडौँको गोकर्णेश्वर नगरपालिकाबाट सुरु भएको छ । शनिबार दिउँसो गोकर्णेश्वरको गोकर्ण शहिद निजामति पार्कमा पहिलो कार्यक्रम सम्पन्न भएको हो ।

नेपाल टुरिजम प्रोमोसन (एनटीपी) मल्टिमिडिया ग्रुपको आयोजनामा भएको कार्यक्रममा गोकर्णेश्वर नगरपालिका ४ का वडाध्यक्ष जयराम महत र पार्क व्यवस्थापन समितिका अध्यक्ष सुदर्शन सिग्देल प्रमुख वक्ता थिए ।

नेपाल पर्यटन बोर्डको सहकार्य र गोकर्णेश्वर नगरपालिकाको सहयोगमा सञ्चालित कार्यक्रममा गोकर्णमा रहेको शहिद पार्कको निर्माण, व्यवस्थापन तथा पर्यावरणीय पर्यटनका विषयमा छलफल भएको थियो ।

कार्यक्रममा बोल्दै वडाध्यक्ष महतले शहिद निजामति पार्क पर्यावरणका हिसाबले काठमाडौँको दक्षिण क्षेत्रका लागि हब बनाउन सकिने बताए । अहिले संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारको बजेटमा पार्क निर्माण तथा व्यवस्थापनको काम भइरहेकाले निर्माण कार्य सम्पन्न भएपश्चात यसलाई दक्षिण एसियाकै उत्कृष्ट पार्कका रुपमा चिनाउन सकिने बताए ।

यस्तै पार्क व्यवस्थापन समितिका अध्यक्ष सुदर्शन सिग्देलले शहिद दिवसको दिन पार्क उद्घाटन गर्नेगरि अहिले निर्माण कार्य तीव्र गतिमा भइरहेको बताए । पार्क नजिक देखिएको निर्माण सामग्री, फोहोर व्यवस्थापनको बाँकी काम विस्तारै हुँदै जाने पनि उनको भनाइ छ । कार्यक्रम पत्रकार विष्णु विवेकले सहजीकरण गरेका थिए ।

नेपाल नगरपालिका संघ र पर्यटन बोर्डसँग सहकार्य गरेर पहिलो चरणमा नेपालका १०० वटा पालिकामा ‘पालिका पर्यटन प्रवर्द्धन कार्यक्रम’ सञ्चालन गरिनेछ । जसको सुरुवात गोकर्णेश्वर नगरपालिकाबाट गरिएको हो ।

काठमाडौँ उपत्यकामा रहेका पालिकापछि विश्व सम्पदा सूचिमा रहेका पर्यटकीय क्षेत्र लगायत विभिन्न पालिकाका पर्यटकीय क्षेत्रमा पुगेर पर्यटन प्रवर्द्र्धनमुलक बहस कार्यक्रम गरिनेछ । पालिका पर्यटन प्रवर्द्धन कार्यक्रमपछि आउँदो बैशाखमा काठमाडौँको बसन्तपुरमा ‘नेपाल पर्यटन महोत्सव’ आयोजना गरिनेछ ।

प्रकाशित मिति : ८ माघ २०७९, आइतबार  ५ : २२ बजे

प्रगतिशील लोकतान्त्रिक पार्टीको केन्द्रीय समितिको प्रथम पूर्ण बैठक (तस्बिरहरू)

काठमाडौं– प्रगतिशील लोकतान्त्रिक पार्टीको केन्द्रीय समितिको प्रथम पूर्ण बैठक नयाँबजारस्थित

भारतमा बस दुर्घटना, चार जनाको मृत्यु, ५० भन्दा बढी घाइते

एजेन्सी– उत्तरी भारतको एक्सप्रेसवेमा मंगलबार बाक्लो कुहिरोको बीचमा सातवटा बसहरू

पाँच महिनामा आठ प्रतिशत विकास खर्च, राजस्व लक्ष्य ७८ प्रतिशतमा खुम्चियो

काठमाडौं– चालु आर्थिक वर्ष २०८२-८३ को सुरुवाती पाँच महिनामा सरकारको

सुनसरी र रुकुम पश्चिममा दुई जना मृत अवस्थामा फेला

काठमाडौं– सुनसरीको इटहरी उपमहानगरपालिका-२ बसन्त टोल बस्ने ४७ वर्षीय राजेश विष्ट

विकास तथा भवन निर्माणमा ४८ करोडका योजना

दमौली– सङ्घीय सहरी विकास तथा भवन निर्माण कार्यालय कास्कीले तनहुँ