नेपालगञ्ज-मानसरोवर माउन्टेन फ्लाइट गर्न बुद्ध एयरसँग सम्झौता « Khabarhub

नेपालगञ्ज-मानसरोवर माउन्टेन फ्लाइट गर्न बुद्ध एयरसँग सम्झौता


८ माघ २०७९, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


201
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ : नेपालगञ्ज–मानसरोवर ‘माउन्टेन फ्लाइट’का लागि बुद्ध एयरसँग सम्झौता भएको छ । माघ १५ गतेदेखि नेपालगञ्जमा हुने वेष्टर्न ट्राभल मार्टका क्रममा पहिलोपटक नेपालगञ्ज–कैलाश मानसरोवर माउन्टेन फ्लाइट हुने निश्चित भएको हो ।

आइतबार बुद्ध एयर र वेष्टर्न ट्राभल मार्टबीच माघ १६ गते माउन्टेन फ्लाइट गर्ने सम्झौता भएको मार्टका संयोजक तथा नाट्टा बाँके च्याप्टरका अध्यक्ष श्रीराम सिग्देलले जानकारी दिए ।

‘वेष्टर्न ट्राभल मार्टका क्रममा नेपालगञ्ज–मानसरोवर माउन्टेन फ्लाइट हुने निश्चित भएको छ’ आयोजक नाट्टा बाँके च्याप्टरका अध्यक्ष सिग्देलले भने, ‘माघ १६ गते पश्चिम नेपालकै पहिलो माउन्टेन फ्लाइटका रुपमा नेपालगञ्ज–मानसरोवर उडान हुनेछ । यो पश्चिम नेपालको पर्यटनमा नयाँ आयाम हो ।’

माघ १६ गते हुने पहिलो फ्लाइटमा नेपाली पर्यटन क्षेत्रका सरोकारवाला, पर्यटनकर्मी, नेपाल तथा भारतबाट आउने पर्यटन व्यवसायी नेपालगञ्जबाट बुद्ध एयरको माउन्टेन फ्लाइट चढेर मानसरोवर दर्शन गर्नेछन् । यो माउन्टेन फ्लाइटले भारतीय पर्यटकलाई मानसरोवर दर्शन गर्न ठूलो सहयोग गर्ने र पश्चिम पर्यटक भित्र्याउन ठूलो भूमिका खेल्ने अपेक्षा छ ।

माउन्टेन फ्लाइटका क्रममा कैलाश मानसरोवसँगै रारा ताल र शे–फोक्सुन्डो ताल पनि हेर्न सकिनेछ ।

पश्चिम नेपालको पर्यटन प्रवर्द्धन र विकासका लागि गएको वर्षदेखि सुरु भएको वेष्टर्न ट्राभल मार्ट यसपटक माघ १५ गतेदेखि १७ गतेसम्म नेपालगञ्जमा हुन लागेको हो । नेपाल पर्यटन बोर्डको सहयोग र नाट्टा बाँके च्याप्टरको आयोजनामा सुरु हुने मार्टमा काठमाडौँसहित सातै प्रदेशका पर्यटन व्यवसायी र सरोकारवाला सहभागी हुनेछन् ।

प्रकाशित मिति : ८ माघ २०७९, आइतबार  ६ : ३० बजे

विपद् प्रतिकार्यसम्बन्धी कार्ययोजना अनुमोदन

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेश विपद् व्यवस्थापन परिषद्को बैठकले विपद् व्यवस्थापनलाई थप

गणेश नेपालीको न्यायको माग गर्दै वीर अस्पतालअघि प्रदर्शन (तस्बिरहरू) 

काठमाडौं- आत्मदाहको प्रयासपछि उपचारका क्रममा निधन भएका गणेश नेपालीको न्यायको माग

ऋण असुलीबाट शिव शिखरका थप ९६ जना पीडितले पाए रकम

काठमाडौं– समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले शिव शिखर सहकारीका साना बचतकर्ताको

प्रेम र गणेशको शरीरमा सल्किएको आगो निभ्यो, निभेन प्रश्न

काठमाडौं- पटक पटक सरकार फेरिए । प्रधानमन्त्री फेरिए । सत्ता

न्युजिल्यान्ड र भारतबीच ‘रणनीतिक साझेदारी’ घोषणा, रक्षा र व्यापार सहकार्य विस्तार गर्ने सहमति

अकल्यान्ड- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको ऐतिहासिक न्युजिल्यान्ड भ्रमणका क्रममा दुवै देशले