अमेरिकाको क्यालिफोर्नियामा गोलीकाण्ड, १० जनाको मृत्यु « Khabarhub

अमेरिकाको क्यालिफोर्नियामा गोलीकाण्ड, १० जनाको मृत्यु


८ माघ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अमेरिकाको क्यालिफोर्निया राज्यमा रहेको एसियाली शहरमा भएको गोलीकाण्डमा परी कम्तीमा १० जनाको मृत्यु भएको छ । क्यालिफोर्निया राज्यको लस एन्जल्स नजिकै रहेको मोन्टेरी पार्कमा बन्दुकधारीले अन्धाधुन्द गोली चलाएको हो । घटनामा अरु कम्तीमा १० जना घाइते भएका छन् ।

स्थानीय समुदायले चन्द्रमासमा आधारित नयाँ वर्ष मनाइरहेका बेला मोन्टेरी पार्कमा रहेको नृत्यशालामा बन्दुकधारीले गोली चलाएको प्रहरीले जनाएको छ ।

लस एन्जलस काउन्टीको शेरिफ डिपार्टमेन्टका कप्तान एन्ड्रयु मेयर्सका अनुसार घटनाबारे सुरक्षा अधिकारीहरुलाई स्थानीय समयअनुसार शनिबार राति १० बजेर २० मिनेट जाँदा आपतकालिन कल आएको थियो ।

उनले भने, “अधिकारीहरू त्यस स्थानमा प्रवेश गर्दा केही मृतक र घाइतेहरू घटनास्थलमा थिए ।”

“मोन्टेरी पार्कको फायर डिपार्टमेन्टका अधिकारीले घटनास्थलमा पुगी घाइतेहरूलाई उपचारका लागि अस्पताल पठाएका थिए भने १० जनालाई घटनास्थलमा मृत भेटिएको थियो’’ मेयर्सले भने । घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको बताइएको छ ।

लस एन्जल्स शहरबाट करिब १३ किलोमिटर पूर्वमा रहेको मोन्टेरी पार्कमा ठूलो सङ्ख्यामा एशियालीहरूको बसोबास छ ।

मोन्टेरी पार्कमा करिब ६१ हजार मानिसहरू बस्छन् । जसमध्ये अधिकांश एसियाली वा एसियाली मुलका अमेरिकी रहेको जनाइएको छ ।

 

प्रकाशित मिति : ८ माघ २०७९, आइतबार  ६ : ५१ बजे

देवी दुर्गाको आराधनाभित्र लुकेको इतिहास र विज्ञान

देवी दुर्गाको पूजा किन गरिन्छ ? महिषासुरमाथि देवीले विजय प्राप्त

हिंसात्मक प्रदर्शनपछि पेरिससहित फ्रान्सका मुख्य सहरमा रात्रिकालीन कर्फ्यु

पेरिस – फ्रान्सभर सप्ताहन्तमा फैलिएको दङ्गा, तोडफोड र लुटपाटपछि फ्रान्सेली

नेपाली सेनाले ब्लास्टिङ गरेर चट्टान पन्छाएपछि खुल्यो उत्तरी नाका जोड्ने किमाथाङ्का सडक

संखुवासभा – नेपाली सेनाको अथक प्रयासपछि विगत तीन महिनादेखि अवरुद्ध

नवरात्रको अन्तिम दिनः आज महानवमी

काठमाडौँ – प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व

राष्ट्रिय टोलीको क्याम्प छाडेका रोनाल्डोलाई ३० दिनको प्रतिबन्ध र २५५ युरो जरिवाना

काठमाडौँ – पोर्चुगिज फुटबल महासङ्घ (एफपीएफ) ले राष्ट्रिय टोलीका कप्तान