झापामा विकासको युग सुरु भयो : उपप्रधान एवं ऊर्जामन्त्री राजेन्द्र लिङ्देन « Khabarhub

झापामा विकासको युग सुरु भयो : उपप्रधान एवं ऊर्जामन्त्री राजेन्द्र लिङ्देन


८ माघ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- उपप्रधान एवं ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री राजेन्द्र लिङ्देनले झापामा विकासको युग सुरु भएको बताएका छन् ।

२८५९औँ सोनाम ल्होछारको अवसरमा आज झापाको भद्रपुर नगरपालिका–२ कमलधापस्थित संयुक्त धार्मिकस्थलमा पद्मछोयोलिङ गुम्बाले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उनले झापा क्षेत्र नं ३ को विकासमा आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

“अब यस क्षेत्रमा विकास निर्माणको युग सुरु हुन्छ”, उपप्रधानमन्त्री भएपछि पहिलो पटक गृहजिल्ला झापा पुगेका मन्त्री लिङ्देनले भने, “चुनावताका गरेको बाचा भुलेको छैन, काम गरेरै देखाउँछु ।” गुम्बाका अध्यक्ष सुभाषचन्द्र थिङको अध्यक्षतामा भएको कार्यक्रममा कार्यक्रममा प्रदेश नं १ का कृषि तथा सहकारीमन्त्री भक्ति सिटौलालगायतको उपस्थिती थियो ।

पूर्वकार्य समितिका सदस्यलाई सम्मान र तामाङ जातिको सांस्कृतिक नृत्यसमेत प्रस्तुत गरिएको थियो । हरेक वर्ष एक एक जनावर तथा चराचुरुङ्गीको नाममा फेरिने ल्हो अर्थात् वर्गअनुसार यो वर्ष बाघ वर्गलाई बिदा गरी बिरालो वर्गलाई स्वागत गरिएको छ । तामाङलगायत बौद्ध समुदायले सोनाम ल्होसारलाई नयाँ वर्षका रूपमा हर्षोल्लासका साथ मनाउने गर्दछन् ।

प्रकाशित मिति : ८ माघ २०७९, आइतबार  ७ : ०० बजे

प्रदेश प्रमुख खापुङसँग मुख्यमन्त्री कार्कीद्वारा बिदाइ भेट

विराटनगर– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश प्रमुख पर्शुराम खापुङसँग

स्थानीय पाठ्यक्रममा रक्तदान शिक्षा समावेश

चितवन– भरतपुर महानगरपालिकाले तयार गरेको स्थानीय पाठ्यक्रममा रक्तदान शिक्षालाई समावेश

बेनी-दरवाङ सडक सञ्चालन

म्याग्दी– म्याग्दीको पश्चिमी भेगका तीन वटा स्थानीय तहलाई जिल्ला सदरमुकाम

रौतहटका तीन अलपत्र आयोजनाको ठेक्का तोडियो, नयाँ प्रक्रियाबाट काम अघि बढाइने

काठमाडौं–  रौतहटमा लामो समयदेखि अलपत्र रहेका तीन पूर्वाधार आयोजनाको ठेक्का

हिजो नबलेको एनपीएलको फ्लडलाइट आज बालियो

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत हिजो सुदूरपश्चिम रोयल्स र