भारतको जम्मु कश्मीरका किसान कुखुरापालनतर्फ आकर्षित « Khabarhub

भारतको जम्मु कश्मीरका किसान कुखुरापालनतर्फ आकर्षित


८ माघ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- भारतको जम्मु कश्मीरका किसान कुखुरापालनतर्फ आकर्षित हुन थालेका छन् । जम्मु कश्मीरको सरकारले आर्थिक अुनदान तथा प्राविधिक तालिम र अन्य सहयोग बढाएसँगै किसान कुखुरापालनतर्फ आकर्षित हुन थालेका हुन् ।

नयाँ प्रविधिको पहुँच, राज्यमा मध्यम वर्गको विस्तार र मानिसहरुको खानपानमा आएको बदलावका कारण जम्मु कश्मीरमा कुखुरा व्यवसाय फस्टाउँदै गएको डेली गुड मर्निङ कश्मीरको अनलाइन संस्करणले जनाएको छ । राज्यमा कुखुरापालन व्यवसाय मासुजन्य खानेकुरा र आयको राम्रो स्रोत बन्दै गएको बताइएको छ । यसबाट राज्यमा आर्थिक कारोबार पनि बढेको छ ।

जम्मु कश्मीरको कृषि उत्पादन विभागका महासचिव अटल दुल्लोले दिएको जानकारीअनुसार हाल जम्मु कश्मीरमा हरेक वर्ष १२ अर्ब ७३ करोड भारतीय रुपैयाँ बराबरको कुखुराजन्य वस्तु अन्य राज्यबाट आयात हुने गरेको छ । राज्यमा कुखुरापालन व्यवसायलाई अझ विस्तार गर्न सके अन्य राज्यबाट हुने कुखुराजन्य वस्तुको आयात घटाउन सकिने उनको भनाइ छ ।

प्रकाशित मिति : ८ माघ २०७९, आइतबार  ८ : ५४ बजे

बाल सुधारगृहका समस्या समाधानका लागि गृहमन्त्री र बालबालिका मन्त्रीबीच छलफल

काठमाडौं– सानोठिमी भक्तपुरमा रहेको बाल सुधारगृहमा गए राति भएको झडपपछि बालगृहमा

शुक्लाफाँटामा जलपन्छीको सङ्ख्या बढ्यो

कञ्चनपुर– शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज तथा आसपासका सिमसार क्षेत्रमा यस वर्ष जलपन्छीको

ओलीका चुनावी कमान्डर देवेन्द्र दाहाल, बनाइयो ५ सय १ सदस्यीय कमिटी

झापा– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन परिचालनको संयोजक देवेन्द्र

जोशीको एकल चित्रकला प्रदर्शनी

काठमाडौं- ग्रामीण जनजीवनका दृश्य समेटेर चित्रकार सम्राट जोशीले एकल चित्रकला

बाबुरामसहित ४९ जनाले लिए उम्मेदवारी फिर्ता

काठमाडौं– आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी