पाकिस्तानमा पत्रकारको घरमा ग्रिनेड आक्रमण « Khabarhub

पाकिस्तानमा पत्रकारको घरमा ग्रिनेड आक्रमण


८ माघ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पाकिस्तानमा एक जना पत्रकारको घरमा ग्रिनेड आक्रमण भएको छ । पाकिस्तानको पराचिनारमा रहेको पत्रकार मोहम्मद अली तुरीको घरमा आक्रमण भएको पाकिस्तानबाट प्रकाशित हुने नेसन अखबारको अनलाइन संस्करणले जनाएको छ ।

अज्ञात आक्रमणकारीले तुरीको घरमा ग्रिनेड प्रहार गरेको बताइएको छ । उनको घरमा आगो लगाउने उद्देश्यले आक्रमण भएको प्रहरीले जनाएको छ ।

आक्रमणकारीको निशानामा परेका तुरी स्थानीय रेडियो र निजी टेलिभिजनमा कार्यरत रहेको नेसनले उल्लेख गरेको छ । ग्रिनेड आक्रमणबाट पत्रकार तुरीको घरका कोठा र उनको घरअगाडि रोकिएको गाडीमा पनि क्षति पुगेको छ । यद्यपि उनी उनको परिवार भने सुरक्षित छन् ।

घटनाबारे उजुरी दर्ता गरी अनुसन्धान अघि बढाइएको स्थानीय प्रहरी अधिकारीले जानकारी दिएका छन् ।

प्रकाशित मिति : ८ माघ २०७९, आइतबार  ९ : ०३ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया