कांग्रेस नेताहरुबीच केन्द्रीय समितिको आगामी बैठक बारे छलफल « Khabarhub

कांग्रेस नेताहरुबीच केन्द्रीय समितिको आगामी बैठक बारे छलफल


८ माघ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली कांग्रेसका नेता डा शेखर कोइराला समूहका नेताहरुबीच समसामयिक राजनीति र पार्टी केन्द्रीय कार्यसमितिको आगामी बैठक तयारी बारे छलफल भएको छ ।

सो समूहका केन्द्रीय पदाधिकारी, केन्द्रीय सदस्य, अन्य नेताहरुको आज यहाँ भएको भेलामा यही माघ १५ गते बस्ने केन्द्रीय समिति बैठकमा गरिने समीक्षा र समसामयिक राजनीति विषयमा छलफल भएको हो । साथै भेलामा निर्वाचनको परिणाम पछिको अवस्था, पार्टीका भ्रातृ र शुभेच्छुक संस्था गठन तथा पूर्णता दिने, प्रभावकारी र चलायमान बनाउनुपर्नेलगायत विषयमा छलफल भएको सहमहामन्त्री बद्री पाण्डेले जानकारी दिए ।

नेताहरुले कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई दिएको विश्वासको मत, सरकारप्रतिको धारणा, आगामी दिनमा अपनाउनुपर्ने कार्यदिशालगायत विषयमा नेताहरुले धारणा व्यक्त गरेका थिए । नेताहरुले बोल्ने क्रम निरन्तर रहेको र मंगलबार पुनः भेला हुने बताइएको छ ।

भेलामा नेता डा कोइराला, उपसभापति धनराज गुरुङ, महामन्त्री गगनकुमार थापा, सहमहामन्त्रीद्वय पाण्डे र जीवन परियार, केन्द्रीय सदस्यहरु, प्रदेश सभापति, जिल्ला सभापतिलगायत नेताहरुको उपस्थिति थियो ।

प्रकाशित मिति : ८ माघ २०७९, आइतबार  ९ : ०८ बजे

उत्तर यमनमा साउदी हवाई आक्रमणमा १४ जनाको मृत्यु, १० घाइते

साना – यमनको उत्तरी प्रान्त अल–जौफमा बुधबार भएको साउदी हवाई

पोखरा स्कुल बस दुर्घटना : प्राविधिक खराबी र तीव्र गति

कास्की – पोखरा महानगरपालिका–२८ माझठानास्थित ओख्लेमा गत असोज २३ गते

सरकारद्वारा साइबर सुरक्षा एड्भाइजरी जारी

काठमाडौं – राष्ट्रिय साइबर सुरक्षा केन्द्रले साइबर सुरक्षा एड्भाइजरी गरेको

भौतिक पूर्वाधार निर्माणका लागि चीनद्वारा उपकरण प्रदान

ताप्लेजुङ – चीन सरकारको अनुदान सहयोगस्वरूप ताप्लेजुङको मेरिङदेन गाउँपालिकालाई स्काभेटर

कुरियरमार्फत ल्याइएको गाँजासहित दुई भारतीय पक्राउ

काठमाडौं – लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरको टोलीले अमेरिकाबाट कुरियरमार्फत ल्याइएको