पार्टीका नेता भ्रष्टाचारमा संलग्न भए कारबाही गरिन्छ : पशुपतिशम्शेर जबरा « Khabarhub

पार्टीका नेता भ्रष्टाचारमा संलग्न भए कारबाही गरिन्छ : पशुपतिशम्शेर जबरा


८ माघ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ नेता पशुपतिशम्शेर जबराले आफ्नो पार्टीका तर्फबाट सार्वजनिक पद धारण गरेका नेता भ्रष्टाचारमा संलग्न भए कारबाही गर्ने बताएका छन् ।

पार्टीको काठमाडौँ निर्वाचन क्षेत्र नं १ द्वारा आज यहाँ आयोजित बागमती प्रदेशका जनप्रतिनिधिलाई सम्मान कार्यक्रममा उनले मुलुकमा भ्रष्टाचारको अन्त्य गरी सुशासन कायम गर्ने उद्देश्यले पार्टी प्रदेश र केन्द्रीय सरकारमा सहभागी भएकाले सार्वजनिक पदमा रहेका नेताले जनताको सेवालाई केन्द्रमा राखेर कार्य सम्पादन गर्नुपर्नेमा जोड दिए ।

मुलुकमा विकासको बाधक तत्वका रुपमा रहेको भ्रष्टाचारलाई न्यूनीकरण गरी जनतालाई परिवर्तनको अनुभूति गराउने पार्टीका नीति तथा कार्यक्रम रहेको बताउँदै नेता राणाले आर्थिक लेनदेनका विषय मात्र भ्रष्टाचार नभएर ढिलासुस्ती, बिचौलियाको संरक्षण, अख्तियारीको दुरुपयोगलगायत कार्य पनि भ्रष्ट आचरणको रुप भएकाले त्यसतर्फ संवेदनशील हुनुपर्ने विचार व्यक्त गरे ।

पार्टीका वरिष्ठ नेता रविन्द्र मिश्रले पञ्चायत कालदेखि सार्वजनिक पद धारण गरेका नेता तथा प्रशासकको सम्पत्ति छानबिन गर्न माग गर्दै पार्टीप्रति जनताको ठूलो विश्वास रहेकाले जनपक्षीय कार्य सञ्चालन गरेर उनीहरुको भरोसालाई कायम राख्नुपर्ने बताए ।

बागमती प्रदेशका विना विभागीयमन्त्री उद्धव थापाले पार्टीलाई बलियो शक्तिका रुपमा स्थापित गर्न जनताको विकास र समृद्धिको चाहनाअनुसार कार्य गर्ने प्रतिबद्धता जनाउँदै पार्टीले उठाउँदै आएका हिन्दू राष्ट्रलगायत मुद्दा स्थापित गर्ने विषयमा राष्ट्रिय सहमति कायम गराउन प्रयत्न गर्ने बताए ।

प्रकाशित मिति : ८ माघ २०७९, आइतबार  ११ : ०३ बजे

घिरिङ र डेढगाउँ जोड्ने कालीगण्डकीको पुल सञ्चालन

तनहुँ– कालीगण्डकी नदीमा आएको बाढीले पहुँचसडक बगाएको घिरिङ र डेढगाउँ

नवरात्रको पाँचौँ दिन : आज स्कन्दमाताको पूजा गरिँदै

काठमाडौँ– बडादसैँ अन्तर्गत नवरात्रको पाँचौँ दिन आज दसैँघर तथा पूजा

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

बिहीबार भगवान विष्णुको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २९ गते बिहीबार सन् २०२६

आज २०८३ साल असोज २९ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २९ गते बिहीबार सन् २०२६