आँखामुनि कालो धब्बा डार्क सर्कल कसरी हटाउने ? « Khabarhub

आँखामुनि कालो धब्बा डार्क सर्कल कसरी हटाउने ?


१० फाल्गुन २०७९, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


399
Shares
  • change font
  • change font
  • change font

कतिपयको आँखाको तल्लो भागमा कालो धब्बा र घेरा बसेको हुन्छ । हामी निन्द्रा नपुगेका कारण आँखाको तल्लो भाग कालो भएको भन्ने बुझ्ने गर्छौँ । तर विभिन्न भिटामिनहरूको कमीले गर्दा यस्तो दाग बस्ने हुन्छ । आँखामुनि देखिने कालो घेरा अर्थात् डार्क सर्कलका कारण केही महिलाले आफू नराम्रो वा कुरूप भएको महसुस पनि गर्छन् । विभिन्न कारण र खानेकुराको कमीले आँखामुनि कालो घेरा बस्छ ।

‘कालो धब्बा आफैमा छालाको रंग होइन, बरु रगत र पानीको प्रवाहको कम हो’ छाला विज्ञ जस्टिन हेक्सटल भन्छन् । दिउँसोको समयमा यस्ता धब्बा अझै स्पष्ट देखिन्छ । सुख्खा हुँदा यस्तो धब्बा झनै प्रष्ट देखिन्छ । जब तपाईँको शरीर सुख्खा हुन्छ वा शरीरमा पानीको मात्रा न्यून हुन्छ, छालाको आधारभूत पत्र अर्थात् डर्मिसमा रगत र पानीको प्रवाह न्यून हुन्छ ।

तपाईँले अघिल्लो रात सुख्खा खानेकुरा खानुभएको छ वा पानी कम पिउनुभएको छ भने पनि भोलिपल्ट बिहान आँखाको तल्लो भागमा घेरा पर्नेदेखि कालो धब्बासम्म बस्छ । अझ साँझपख कफी खानुभएको छ भने त यसको असर भोलि बिहान आँखामा देख्नुहुन्छ ।

कारण

शरीरमा आइरनको कमी भयो भने आँखामुनि कालो घेरा देखिन्छ । आइरनको कमीका कारण छालाका कोशिकाले पर्याप्त अक्सिजन पाउँदैनन् ।

एनिमिया पीडित र आइरनको अत्यधिक कमी भएका महिलाका आँखा वरिपरिको छाला मृतप्रायः देखिन्छ । आइरनका लागि पालंगो, दाल, गेडागुडीलगायत खानुपर्छ ।

बच्ने उपाय

१. गुलाब जल- कटनको कपडा डल्लो बनाइ त्यसलाई गुलबजलमा डुबाउनुहोस् र १० मिटेनसम्म आँखामा राख्नुहोस् ।

२. काँक्रो- काँक्रोमा छालालाई चमक दिने विशेषता हुन्छ । ताजा काँक्रोलाई गोलो पारी काटेर आधा घण्टासम्म फ्रिजमा राख्नुहोस् । त्यसपछि त्यसलाई आधा वरिपरि करिब १०-१५ मिनेटसम्म राख्नुहोस् र सफा पानीले पखाल्नुहोस् ।

३. टमाटर- टमाटरमा पनि छाला चम्किलो बनाउने तत्व हुन्छ । एक चम्चा टमाटरको रस र एक चम्चा कागतीको रस मिसाई त्यसलाई आँखाको वरिपरिको कालो धब्बामा लगाउनुहोस् । १० मिनेट पछि त्यसलाई स्वच्छ पानीले सफा गर्नुहोस् ।

४. आलु- आलुलाई ताछेर त्यसलाई गोलो मसिनो स्लाइसको रुपमा काट्नुहोस् । त्यसलाई बन्द आँखामाथि १५-२० मिनेटसम्म राख्नुहोस् । केही समय पछि सफा पानीले पखाल्नुहोस् । यसो गर्दा पनि डार्क सर्कल हट्छ ।

५. पुदिना- पुदिनाको पातलाई पिसेर लेदो बनाई आँखा वरिपरि लगाउनुहोस् । करिब १०, १५ मिनेटपछि सफा पानीले पखाल्नुहोस् । यसले आँखाको डार्क सर्कल हटाउन मद्दत गर्छ ।

प्रकाशित मिति : १० फाल्गुन २०७९, बुधबार  १० : ०५ बजे

दियालो बङ्गला अवलोकनबाट २४ लाख राजश्व सङ्कलन

चितवन– गत आर्थिक वर्षमा २५ हजार ४२५ जनाले चितवनस्थित दियालो

लोमान्थाङमा यार्तुङ पर्वको रौनक

मुस्ताङ– उपल्लो मुस्ताङको ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक यार्तुङ पर्व लोमान्थाङमा

यी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

प्रतिनिधिसभाको बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद, प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बिहान

बाढी र पहिरोले म्याग्दीका जलविद्युत् आयोजना प्रभावित, २० मेगावाट विद्युत् उत्पादन ठप्प

म्याग्दी — बाढी र पहिरोका कारण म्याग्दीका निर्माणाधीन जलविद्युत् आयोजनाको