अध्यक्ष तिमिल्सिना र युएईको संघीय राष्ट्रिय काउन्सिलका सभामुख घोबासबीच भेटवार्ता « Khabarhub

अध्यक्ष तिमिल्सिना र युएईको संघीय राष्ट्रिय काउन्सिलका सभामुख घोबासबीच भेटवार्ता


१० फाल्गुन २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– संयुक्त अरब इमिरेट्स (युएई) को भ्रमणमा रहेका संघीय संसद्‌, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र युएईको संघीय राष्ट्रिय काउन्सिलका सभामुख सक्र घोबासबीच अबुधाबीस्थित काउन्सिलमा शिष्टाचार भेटघाट भएको छ।

उक्त भेटघाटमा अध्यक्ष तिमिल्सिना र सभामुख घोबासले दुई देशबीचको द्विपक्षीय सम्बन्धका विविध आयामहरूमा छलफल गरेका थिए । बैठकमा उनीहरूले नेपालीहरूको एक प्रमुख रोजगार गन्तव्यका रूपमा युएइ रहेकाले यसलाई थप व्यवस्थित गरी पारस्परिक हितमा हुने गरी सहकार्य गर्नुपर्नेमा जोड दिएका थिए । 

बैठकमा अध्यक्ष तिमिल्सिनाले युएईमा नेपालीहरूले आर्जन गरेको सीपलाई नेपालमा पनि प्रयोग गरी देशको विकासमा योगदान पुर्याउने सम्भावना रहेको बताए। उनीले युएईमा काम गर्ने नेपालीहरूको हकहित तथा सुरक्षा अभिवृद्धि गर्ने सम्बन्धमा पनि दुई देशबीच भैरहेको सहकार्यलाई थप सुदृढ गर्नुपर्ने बताए ।

दुई देशबीच रोजगारीका अलावा लगानी, वैदेशिक सहयोग र जनस्तरको सम्बन्धलाई थप सुमधुर बनाउनुपर्नेमा उनको जोड थियो । नेपाल सरकारले विदेशी लगानीलाई उच्च प्राथमिकता दिएको उल्लेख गर्दै उनले युएईका ठूला लगानीकर्ताहरूलाई नेपालको पर्यटन, जलविद्युत्, चिकित्सा शिक्षा, पूर्वाधार र सेवा लगायतका क्षेत्रमा लगानी गर्न आग्रह गरेका छन् ।

भेटमा सभामुख घोबासले युएईमा रोजगार गरिरहेका नेपाली नागरिकले युएईको विकासमा पुर्याएको योगदानको प्रशंसा गरेका थिए । उक्त भेटघाटमा नेपालको तर्फबाट मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारी, युएईका लागि नेपाली राजदूत कृष्णप्रसाद ढकाल तथा युएईका तर्फबाट उक्त काउन्सिलका उच्च अधिकारीहरूको समेत सहभागिता रहेको थियो।

प्रकाशित मिति : १० फाल्गुन २०७९, बुधबार  १० : १२ बजे

‘स्ट्रेट अफ होर्मुज’ खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहारन- ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको सातदिने

सीप पुस्तान्तरण नहुँदा माटाका भाँडाको प्रयोग घट्दै

भोजपुर- नयाँ पुस्तामा परम्परागत सीपप्रति चासो घट्दै गएपछि भोजपुरका गाउँघरमा

दसैँ बिदामा पनि चितवन मेडिकल कलेजको विशेषज्ञ सेवा सञ्चालन हुने

नारायणगढ (चितवन)- चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालले दसैँ बिदामा

अटो दुर्घटना हुँदा एक जनाको मृत्यु, सात घाइते

नवलपुर (नवलपरासी)- नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को कावासोती नगरपालिका–६ माझटोलस्थित भित्री सडकखण्डमा अटो

मङ्गलका चन्द्रमाबाट नमूना ल्याउन जापानको मिसन

टोकियो- मङ्गल ग्रहका चन्द्रमामध्ये फोबोसबाट नमूना सङ्कलन गरी पृथ्वीमा फर्काउने