नवयुवा कपको उपाधि फोर ब्रदर्श एफसी नवलपरासीलाई « Khabarhub

नवयुवा कपको उपाधि फोर ब्रदर्श एफसी नवलपरासीलाई


१० फाल्गुन २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

भैरहवा– १०औं नवयुवा कप खुला नकआउट फुटबल प्रतियोगिताको उपाधि फोर ब्रदर्श एफसी, नवलपरासीले जितेको छ । मंगलबार भएको फाइनल भिडन्तमा फोर ब्रदर्शले फर्साटिकर युवा क्लबलाई शून्यका विरुद्ध १ गोलले हराउँदै उपाधि जितेको हो ।

ओमसतिया-२ स्थित कर्मडाँडा खेलमैदानमा भएको अन्तिम खेलमा फोर ब्रदर्शका लागि अनुज भण्डारीले गरेको एक मात्र गोल निर्णायक बन्यो । फोर ब्रदर्शका युवराज चापागाईं फाइनल खेलको म्यान अफ द म्याच घोषित भए । त्यसबापत उनले एक थान स्मार्ट वाच हात पारे ।

विजेता बनेको फोर ब्रदर्शले उपाधिसहित नगद २ लाख पुरस्कार पाएको छ भने उपविजेतामा सीमित बनेको फर्साटिकरले १ लाख नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र पाएको छ । फोर ब्रदर्शका सदिप केसी प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी चुनिए । उत्कृष्ट गोलरक्षक पनि फोर ब्रदर्श कै बिक्रम राना मगर घोषित भए भने सर्वाधिक गोलकर्ताको पुरस्कार फर्साटिकरका टिकाराज गुरुङ भए । व्यक्तिगत विधातर्फ उत्कृष्ट बनेका सबैले जनही ८-८ हजार सहित ट्रफी हात पारे ।

 गत माघ २३ गतेदेखि शुरु भएको प्रतियोगितामा कुल १६ टोलीहरूले सहभागिता जनाएका थिए ।

प्रकाशित मिति : १० फाल्गुन २०७९, बुधबार  १० : ४६ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया