मोफसलको चित्रकला सौखमा सीमित « Khabarhub

मोफसलको चित्रकला सौखमा सीमित


१० फाल्गुन २०७९, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

धनकुटा– धनकुटाका ५४ वर्षीय चित्रकार मुकुन्द प्रयासले  चित्रकला क्षेत्रमा काम गरेको २८ वर्ष भयो । तर उनलाई जिल्लामा सबैले चित्रकार होइन, कार्यक्रमका लागि ब्यानर, ब्याच, फोटोफ्रेमलगायता सामग्री बनाउने मान्छे भनेर चिन्छन्

धनकुटा नगरपालिका–७ मा २०५१ सालदेखि रक-भा एण्ड क्राफ्ट सेन्टर चलाउँदै आएका प्रयास चित्रकलाबाट जीविकोपार्जन सम्भव नदेखेपछि व्यायसायीक क्षेत्रमा लागेको बताउँछन्। ‘मोफसलमा चित्रकलाको बजार छैन’, उनले भने, ‘चित्रकलाको चाहना जीवित राख्न कर्मसियल आर्टको सहारा लिनुपर्‍यो ।’

एउटा चित्र तीन सयदेखि रु १० हजारसम्म बेचेको प्रयास बताउँछन्। उनले हालसम्म करिब सात सयसम्म चित्र बनाइसकेका छन्। चित्रकलाबाट जीवन धान्न मुस्किल भएकाले यो आफ्ना लागि सौखमा सीमित भएको प्रयासको भनाइ छ ।

त्यस्तै अर्का चित्रकार डिल्लीराम आले पनि चित्रकला जीवन चलाउनका लागि भन्दा पनि कलाप्रतिको चाहना जीवित राख्न सौखका लागि यसमा लागेको बताउँछन्। धनकुटा नगरपालिका–६ का ६८ वर्षीय आलेले २० वर्षको निजामती सेवामा कार्यरत रहँदादेखि चित्रकलाको क्षेत्रमा काम गर्दै आएका हुन् ।

विसं २०७३ मा सेवानिवृत्त भएपछि आले यसलाई पेसाका रूपमा अँगालेर विभिन्न प्रदर्शनी र बालबालिकालाई चित्रकला सिकाउँदै आएका छन् । हालसम्म पाँच हजारभन्दा बढी चित्र बनाइसकेका उनले भने, ‘यसबाट जीविका चल्दैन, तर सौखका लागि मात्र चित्र बनाउँछु ।’

चित्रकलाको विषयमा बुझाउन नसक्दा यो ओझेलमा परेको आलेको बुझाइ छ । दुई चित्रकारको जस्तै ३० वर्षदेखि यस क्षेत्रमा कार्यरत धनकुटा नगरपालिका–६ का ४६ वर्षीय सुशील क्षेष्ठको अनुवभ । सोह्र वर्षको उमेरबाट चित्रकलातर्फ आकर्षित भएका श्रेष्ठले यसबाट जीविकोपार्जन नभएपछि २०७६ सालदेखि कमर्सियल आर्टको क्षेत्रमा लागेको बताए। हाल सुशील आर्ट सेन्टरको सञ्चालक रहेका श्रेष्ठले भने, ‘सुरुमा सौखले चित्रकलामा लागियो ।’

हालसम्म एक सय ५० को हाराहारीमा चित्र बनाएका श्रेष्ठले जिल्लामा फाट्टफुट्ट मात्र चित्रको माग आउने र त्यो पनि महँगो भयो भन्नेर गुनासो गर्ने गरेको सुनाए। काठमाडौँलगायत ठूला सहरमा चित्रकलाको बजार भए पनि जिल्लामा कला क्षेत्रको प्रचार–प्रसार गर्न नसक्दा बजार अभाव भएको उनको भनाइ छ ।

चित्रकलासम्बन्धी अध्ययन गरिरहेका धनकुटा–६ का सञ्जय धिताल पनि सौखका लागि अध्ययन र चित्रकलामा लागेको बताउँछन्। चित्रकला गहन विषय भएकाले यसबारे सर्वसाधारणलाई बुझाउन कठिन भएको उनले बताए। “चित्रकलाबाट समाजलाई जीवनदर्शन सिकाउन सकिन्छ कि भनेर यस क्षेत्रमा लागेको हँु”, धिताले भने।

प्रकाशित मिति : १० फाल्गुन २०७९, बुधबार  १० : ५४ बजे

ट्रम्प र सीबीच टेलिफोन वार्ता

काठमाडौं – चीनका राष्ट्रपति सी चिनफिङले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग

नायिका गरिमा शर्मा अमेरिकामा, नेपालमा इन्गेजमेन्टको हल्ला चलेपछि गरिन् खण्डन

काठमाडौं- नेपाली कलाकारहरूबारे विभिन्न हल्लाहरु समयसमयमा आइरहन्छन्। कलाकार विभिन्न हल्लाको

जेनजी आन्दोलनमा प्रहरी कार्यलयबाट लुटिएका हतियारसहित कांग्रेस नेता लिङ्देनका छोरा पक्राउ

काठमाडौं – जेनजी आन्दोलनका क्रममा कामठाडौं प्रहरी कार्यालयबाट लुटिएका हतियारसहित

टीओबी समूहका ५६ सदस्य नेपाली, तेन्जिन मात्र तिब्बतसँग जोडिए

काठमाडौं- गत भदौ २४ गतेको जेन–जी प्रदर्शनमा वातावरण भड्काएको आरोप

विवाहपञ्चमीको पाँचौ दिन आज मटकोर

जनकपुर – जनकपुरधाममा जारी साताव्यापी सीताराम विवाहपञ्चमी महामहोत्सवको आज पाँचौं