महन्थलाई राष्ट्रपतिमा समर्थन माग्दै लोसपा नेताहरू देउवा निवासमा | Khabarhub Khabarhub

महन्थलाई राष्ट्रपतिमा समर्थन माग्दै लोसपा नेताहरू देउवा निवासमा


१० फाल्गुन २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रपति उम्मेदवारको विषयमा नेपाली कांग्रेस र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेताहरूबीच छलफल भइरहेको छ । काठमाडौंको धुम्बाराहीस्थित नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवासमा दुई दलका नेताहरूबीच छलफल भइरहेको हो ।

 लोसपाले अध्यक्ष महन्थ ठाकुरलाई भावी राष्ट्रपतिको रुपमा प्रस्ताव गरेको छ। ठाकुरको नाममा राष्ट्रिय सहमति कायम गर्न आग्रह गर्दै कांग्रेस शीर्ष नेतासँग छलफल भइरहेको छ । 

सत्तारुढ एमाले, कांग्रेस, नेकपा एसपछि लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले पनि राष्ट्रपति निर्वाचनमा सहभागी हुन दौडधुप गरिरहेको छ।

राष्ट्रपति निर्वाचनका लागि मनोनयन दर्ताको समय नजिकिएसँगै राजनीतिक दलका नेताहरूको भेटघाट र छलफल बाक्लिएको छ ।

प्रकाशित मिति : १० फाल्गुन २०७९, बुधबार  ११ : ३८ बजे

एक करोड लागतमा वडा कार्यालय भवन निर्माण

म्याग्दी– रघुगङ्गा गाउँपालिका–१ बेगमा एक करोड पाँच लाखको लागतमा वडा

ढुङ्गा लागेर टहरामा सुतेका दिदी बहिनीको मृत्यु

काँक्रेविहार– जाजरकोटको कुशे गाउँपालिका–३ तर्पेनामा एकै घरका दिदी र बहिनीको

राष्ट्रियसभाको बैठक बस्दै

काठमाडौं – सङ्घीय संसद् राष्ट्रियसभाको बैठक १ः१५ बजे सङ्घीय संसद्

खर्च विधेयक पास भएपछि ट्रम्पले भने-‘अब अमेरिका रकेटकै गतिमा चल्छ’

वाशिङ्टन – लामो छलफल र बहसपछि अमेरिकी संसद्ले राष्ट्रपति डोनाल्ड

चार प्रदेशका केही स्थानमा भारी वर्षा हुने पूर्वानुमान

काठमाडौं– हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून