शुक्लाफाँटा पर्यटन महोत्सव सुरु « Khabarhub

शुक्लाफाँटा पर्यटन महोत्सव सुरु


१० फाल्गुन २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

दोधारा चाँदनी- कञ्चनपुरमा शुक्लाफाँटा पर्यटन महोत्सव सुरु भएको छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटक भित्र्याउन यहाँको भीमदत्त नगरपालिकाले पर्यटन महोत्सव आयोजना गरेको हो ।

‘आर्थिक पर्यटन समृद्धिको आधार, पर्यटन विकास र पूर्वाधार’ भन्ने मूल नाराका साथ महोत्सव सुरु गरिएको हो। महोत्सवको उद्घाटन गर्दै जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख दुर्गादत्त बोहराले निकुञ्जलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्नुपर्ने बताए ।

‘विश्वमै दुर्लभ जीवजन्तु पाइने शुक्लाफाँटा हामीसँग छ, यसको प्रचारप्रसार गरी आन्तरिक तथा बाह्य पर्यटकको गन्तव्यका रूपमा विकास गर्न जरुरी छ’, उनले भने, ‘यसका लागि सबैले आ–आफ्नो तर्फबाट पर्यटन प्रवर्द्धनमा लाग्न जरुरी छ ।’

नगरप्रमुख पदम बोगटीले शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटन प्रवर्द्धनका लागि महोत्सवको आयोजना गरिएको बताए। ‘हाम्रो यहाँ थुप्रै पर्यटकीय गन्तव्य छन्, यसबाट हामीले पर्याप्त लाभ लिन सकेका छैनौँ’, उनले भने, यो महोत्सवले यहाँको पर्यटन विकासमा टेवा पुग्ने विश्वास लिएको छु ।’ उनले यहाँ सुक्खा बन्दरगाह, महाकाली करिडोर, मझगाउँ विमानस्थल, दैजीछेला औद्योगिक क्षेत्रलगायतका ठूला योजना सञ्चालनमा आए यहाँको पर्यटन व्यवसाय पनि फस्टाउने बताए ।

कार्यक्रममा कञ्चनपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष पीताम्बर जोशीले पर्यटन प्रवर्द्धनका लागि निजी क्षेत्रसँगको सहकार्यमा स्थानीय सरकारले कार्यक्रम ल्याउनुपर्ने बताए । ‘पर्यटकीय स्थलसम्म सहज आवतजावत र अन्य  सुविधा सरकारले उपलब्ध गराउनुपर्छ’, उनले भने, ‘पर्यटकीय क्षेत्रमा निजी क्षेत्रले पनि लगानी गर्ने वातावरण सिर्जना गर्नु पर्दछ ।’

उनले पर्यटक भित्र्याउन पर्यटन पूर्वाधारको विकासमा जोड दिनुपर्ने बताए। १० दिनसम्म सञ्चालन हुने महोत्सवमा निकुञ्ज भ्रमणसँगै पर्यटन प्रवर्द्धनसम्बन्धी छलफल, संरक्षण र पर्यटनबारे माध्यमिक तह स्तरीय वक्तृत्वकला, कृष्णसार अवलोकन तथा आन्तरिक पर्यटन प्रवर्द्धनसम्बन्धी छलफललगायत कार्यक्रम सञ्चालन हुनेछन् ।

प्रकाशित मिति : १० फाल्गुन २०७९, बुधबार  १२ : ०५ बजे

दुप्चेश्वर मन्दिरमा लागेको जात्रामा १३ लाख भेटी सङ्कलन

त्रिशूली– धान्यपूर्णिमा पर्वको अवसरमा नुवाकोटको दुप्चेश्वर महादेव मन्दिरमा लागेको जात्रामा करिब

प्रतिनिधिसभा निर्वाचनमा ११४ दलले भाग लिने, १०७ चिह्न वितरण

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा ११४

बागलुङमा १९ बालबालिकासहित २१५ जनामा एचआइभी सङ्क्रमण

गलकोट– बागलुङमा १९ बालबालिका एचआइभी सङ्क्रमित भएको पाइएको छ ।

चार महिने छोराको हत्या आरोपमा नेपाल प्रहरीका असई पक्राउ

काठमाडौं– आफ्नै चार महिने छोराको हत्या गरेको अभियोगमा नेपाल प्रहरीका

माथिल्लो म्याग्दी-१ जलविद्युत् आयोजना : तीस प्रतिशत भौतिक प्रगति

म्याग्दी– म्याग्दीको धवलागिरि र मालिका गाउँपालिकामा निर्माणाधीन ५३ दशमलव पाँच