बर्फानी र सन्तानेश्वरमा ‘हेलिप्याड’ निर्माण सुरु « Khabarhub

बर्फानी र सन्तानेश्वरमा ‘हेलिप्याड’ निर्माण सुरु


१० फाल्गुन २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

खजुरा- बाँकेको राप्तीसोनारी गाउँपालिका–४ स्थित धार्मिक गन्तव्यमा विकसित हुँदै गएको बर्फानी बाबा मन्दिर क्षेत्र विकासको योजना कार्यान्वयनमा आएको छ । यसले चुरे क्षेत्रमा रहेको सो स्थलको प्रवर्द्धनमा सहयोग पुग्ने जनाइएको छ ।

लुम्बिनी प्रदेशसभा सदस्य कृष्णा केसीले भनिन्,’दर्शनार्थीका लागि आवश्यक धर्मशाला निर्माण, पानी तथा शौचालयको व्यवस्थापनका लागि आवश्यक पूर्वाधार निर्माण सुरु भएको छ, अहिले हेलिप्याड निर्माण सुरु भएको छ ।

बाबा बर्फानीमा नरैनापुर क्षेत्रबाट बाटो बनाइँदै छ । उनले आश्रमलाई पर्यटकीय क्षेत्रको रूपमा विकास गर्न  प्रदेश सरकारले ३८ लाख रुपैयाँ बजेट विनियोजन गरेको बताइन्। बाबा बर्फानी मन्दिर क्षेत्रलाई धार्मिक तथा पर्यटकीय स्थलका रूपमा विकास गरेर आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षण थप्न र आवागमनका लागि आवश्यक पूर्वाधार बनाउन आफूले पहल थालिसकेको उनले जानकारी दिइन् ।

हिँडेर त्यहाँसम्म पुग्न नसक्ने तीर्थालु तथा पर्यटकको सेवाका लागि हेलिकप्टर प्रयोगको सुविधाका लागि हेलिप्याड बनाउन लागिएको हो । गत वर्ष नाट्टा नेपालगन्ज च्याप्टरका अध्यक्ष श्रीराम सिग्देलको पहलमा हेलिकप्टरबाट बाबा बर्फानी र सन्तानेश्वर महादेव जाँदा हेलिप्याडको अभावमा ल्याण्ड हुन सकेको थिएन । उनले भनिन् ‘ढिलै भए पनि काम सुरु भएछ, खुसी लागेको छ,सरकारले पर्यटनलाई बुझेर मात्रै लगानी गरिदिँदा त्यसको लाभ समुदायले लिन सक्छ ।’

राप्तीसोनारी र नरैनापुर गाउँपालिकाको सङ्गमस्थलमा पर्ने चुरे पहाडमा अवस्थित तपोभूमि बर्फानी बाबाको मन्दिरमा पर्यटनको विकास गरी प्राकृतिक धार्मिक पर्यटकीय सर्किट निर्माण गरिने योजना छ । यसका लागि नरैनापुरस्थित सन्तानेश्वर मन्दिरलाई पनि पूर्वाधारयुक्त बनाउन अध्ययन समेत थालिएको छ । सन्तानेश्वरमा पनि हेलिकप्टरबाट आउन चाहने तीर्थालु भक्तजन तथा पर्यटकका सुविधाका लागि हेलिप्याड बनाइने योजना रहेको छ ।

सो क्षेत्रमा चुरे क्षेत्रको संरक्षणसँगै धार्मिक पर्यटन क्षेत्रको विकासको सम्भावना रहेकाले सरोकारवाला निकाय पर्यटन प्रवर्द्धनमा जुटेका जनाइएको छ ।

प्रकाशित मिति : १० फाल्गुन २०७९, बुधबार  १ : ०३ बजे

थाइल्यान्डद्वारा १८ जना कम्बोडियाली सैनिक रिहा

एजेन्सी– दुई राष्ट्रहरू बिचको नयाँ युद्धविरामले उनीहरूको विवादित सीमामा लामो

चन्द्रप्रसाद ढकालको गुनासो- निजी क्षेत्र ढुक्क भएर लगानी गर्न सक्ने वातावरण भएन

काठमाडौं– निजी क्षेत्र ढुक्क भएर लगानी गर्न सक्ने वातावरण नभएको

समानुपातिकको सूचीले उज्यालो पार्टीमा छाएको अँध्यारो, मध्यरातमा कुलमान सहकर्मीको कठघरामा

काठमाडौं– मंगलबार राति काठमाडौँमा उपलब्ध उज्यालो नेपालका केही केन्द्रीय सदस्य

ऐतिहासिक सिन्धुलीगढीले पर्यटकको मन लोभ्याउँदै

सिन्धुली– ऐतिहासिक तथा प्राकृतिक सुन्दरताले भरिपूर्ण सिन्धुलीगढिमा पछिल्लो समय पर्यटकको

घरैपिच्छे तरकारी उत्पादन, बढ्दै मिर्गेको पहिचान

दोलखा– भौगोलिक र दूरीका हिसाबले सदरमुकाम चरिकोटदेखि करिब २५–३० किलोमिटर