बर्फानी र सन्तानेश्वरमा ‘हेलिप्याड’ निर्माण सुरु « Khabarhub

बर्फानी र सन्तानेश्वरमा ‘हेलिप्याड’ निर्माण सुरु


१० फाल्गुन २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

खजुरा- बाँकेको राप्तीसोनारी गाउँपालिका–४ स्थित धार्मिक गन्तव्यमा विकसित हुँदै गएको बर्फानी बाबा मन्दिर क्षेत्र विकासको योजना कार्यान्वयनमा आएको छ । यसले चुरे क्षेत्रमा रहेको सो स्थलको प्रवर्द्धनमा सहयोग पुग्ने जनाइएको छ ।

लुम्बिनी प्रदेशसभा सदस्य कृष्णा केसीले भनिन्,’दर्शनार्थीका लागि आवश्यक धर्मशाला निर्माण, पानी तथा शौचालयको व्यवस्थापनका लागि आवश्यक पूर्वाधार निर्माण सुरु भएको छ, अहिले हेलिप्याड निर्माण सुरु भएको छ ।

बाबा बर्फानीमा नरैनापुर क्षेत्रबाट बाटो बनाइँदै छ । उनले आश्रमलाई पर्यटकीय क्षेत्रको रूपमा विकास गर्न  प्रदेश सरकारले ३८ लाख रुपैयाँ बजेट विनियोजन गरेको बताइन्। बाबा बर्फानी मन्दिर क्षेत्रलाई धार्मिक तथा पर्यटकीय स्थलका रूपमा विकास गरेर आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षण थप्न र आवागमनका लागि आवश्यक पूर्वाधार बनाउन आफूले पहल थालिसकेको उनले जानकारी दिइन् ।

हिँडेर त्यहाँसम्म पुग्न नसक्ने तीर्थालु तथा पर्यटकको सेवाका लागि हेलिकप्टर प्रयोगको सुविधाका लागि हेलिप्याड बनाउन लागिएको हो । गत वर्ष नाट्टा नेपालगन्ज च्याप्टरका अध्यक्ष श्रीराम सिग्देलको पहलमा हेलिकप्टरबाट बाबा बर्फानी र सन्तानेश्वर महादेव जाँदा हेलिप्याडको अभावमा ल्याण्ड हुन सकेको थिएन । उनले भनिन् ‘ढिलै भए पनि काम सुरु भएछ, खुसी लागेको छ,सरकारले पर्यटनलाई बुझेर मात्रै लगानी गरिदिँदा त्यसको लाभ समुदायले लिन सक्छ ।’

राप्तीसोनारी र नरैनापुर गाउँपालिकाको सङ्गमस्थलमा पर्ने चुरे पहाडमा अवस्थित तपोभूमि बर्फानी बाबाको मन्दिरमा पर्यटनको विकास गरी प्राकृतिक धार्मिक पर्यटकीय सर्किट निर्माण गरिने योजना छ । यसका लागि नरैनापुरस्थित सन्तानेश्वर मन्दिरलाई पनि पूर्वाधारयुक्त बनाउन अध्ययन समेत थालिएको छ । सन्तानेश्वरमा पनि हेलिकप्टरबाट आउन चाहने तीर्थालु भक्तजन तथा पर्यटकका सुविधाका लागि हेलिप्याड बनाइने योजना रहेको छ ।

सो क्षेत्रमा चुरे क्षेत्रको संरक्षणसँगै धार्मिक पर्यटन क्षेत्रको विकासको सम्भावना रहेकाले सरोकारवाला निकाय पर्यटन प्रवर्द्धनमा जुटेका जनाइएको छ ।

प्रकाशित मिति : १० फाल्गुन २०७९, बुधबार  १ : ०३ बजे

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक

यूएईको गोप्य भ्रमणमा नेतान्याहू

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स

प्रतिबन्धले इरानी उड्डयन क्षेत्र प्रभावित भएको अमेरिकी दाबी

एजेन्सी । संयुक्त राज्य अमेरिकाले इरानको उड्डयन क्षेत्र माथि लगाएको

पहिरोले सडक अवरुद्ध : स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुको जन्म

बागलुङ । बागलुङको बडिगाडमा एक जना गर्भवतीले बाटोमै शिशुलाई जन्म

बाढीपहिरोबाट म्याग्दीका २०० परिवार विस्थापित

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षात्