कागेश्वरी धाममा महायज्ञ गरिँदै « Khabarhub

कागेश्वरी धाममा महायज्ञ गरिँदै


१० फाल्गुन २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँको पूर्वोत्तर क्षेत्रस्थित सुन्दरशैल शिवपुरी पर्वतको काखमा रहेको कागेश्वरी धामको प्रचारप्रसार गरी धार्मिक पर्यटकीयस्थलका रूपमा विकास गर्न महायज्ञ आयोजना गरिने भएको छ । यही फागुन २१ गतेदेखि २९ गतेसम्म श्रीमद्भागवत महायज्ञ एवं विराट धार्मिक पर्यटन महोत्सव आयोजना गरिने कागेश्वरी मन्दिर व्यवस्थापन एवं पर्यटन विकास समितिले जनाएको छ ।

आराध्यदेव पशुपतिनाथ मन्दिरबाट १३ किमी दूरीमा रहेको यो पर्यटकीयस्थल प्राकृतिक रूपमा पनि आकर्षक छ । कागेश्वरी महादेव मन्दिर रहेको यो क्षेत्र चौँसठ्ठी शिव लिङ्गमध्येको एक हो । सत्ययुगमा भगवान् शिवले तपस्या गरेको यस क्षेत्रको प्रचारप्रसारका लागि महायज्ञ एवं धार्मिक पर्यटन महोत्सव आयोजना गरिएको समितिका अध्यक्ष मणिराम अर्यालले राससलाई जानकारी दिए । शिवजी तपस्या गर्न आउँदा कागेश्वरी नदीलाई बोलाउनु भएको पौराणिक मान्यता छ ।

कागेश्वरी गङ्गा नदीकै अर्को रूप भएको विश्वाससमेत गरिन्छ । नेमुनिलेसमेत तपस्या गरेको यो क्षेत्र ऋषिमुनिहरुको योग र तपस्यास्थलका रूपमा पनि प्रसिद्ध छ ।  व्योमगङ्गा भनिने यो नदीलाई स्कन्द पुराणमा गङ्गा, जमुना र भागिरथीजत्तिकै पवित्र मानिएको छ । साउन शुक्ल पूर्णिमामा मनाइने श्रावणी मेला, भाद्र शुक्ल अष्टमीमा मनाइने कागेअष्टमी मेला लगायतका दिनमा यहाँ लाखौँ भक्तजन आएर स्नान गर्छन् ।

महायज्ञ एवं धार्मिक पर्यटन महोत्सवमा विभिन्न कलाकारले भजन एवं भक्ति सङ्गीतको प्रस्तुति गर्ने कार्यक्रम पनि रहेको छ । स्थानीयस्तरका विभिन्न सांस्कृतिक झाँकीसमेत प्रस्तुत गरिने महायज्ञको अन्तिम दिन लाख बत्ती बाल्ने कार्यक्रम पनि रहेको आयोजक समितिले जनाएको छ । विश्व हिन्दू महासङ्घका केन्द्रीय सदस्य वासुदेव घिमिरेले कथा वाचन गर्ने महायज्ञबाट बचेको यज्ञशेषले कागेश्वरी धामको विस्तृत परियोजना प्रस्ताव निर्माण गरिने समितिका सचिव पुष्कर प्याकुरेलले बताए ।

प्रकाशित मिति : १० फाल्गुन २०७९, बुधबार  १ : २० बजे

वीरगञ्ज हुँदै ४० अर्बका सामान निर्यात

वीरगञ्ज– वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा ३९ अर्ब

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक आज पनि बस्दै

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्दैछ

बजारको पहुँच किसानलाई समस्या 

भोजपुर– भोजपुरका ग्रामीण क्षेत्रमा उत्पादन भएको दूध बजारसम्म पुर्‍याउन समस्या भइरहेको

उपराष्ट्रपति यादवबाट क्रिसमस पर्वको शुभकामना 

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले क्रिसमस पर्व (क्रिसमस डे)– २०२५ को

त्रिभुवन विश्वविद्यालयले आज ५१औँ दीक्षान्त समारोह गर्दै

कीर्तिपुर– त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आज ५१औँ दीक्षान्त समारोह गर्दैछ