बेनी नगरपालिकाले अतिक्रमित संरचना हटायो « Khabarhub

बेनी नगरपालिकाले अतिक्रमित संरचना हटायो


१० फाल्गुन २०७९, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

म्याग्दी- बेनीका विभिन्न सडक क्षेत्रमा सार्वजनिक जग्गा अतिक्रमण गरेर बनाइएका संरचना हटाइएको छ । सडकमा आवतजावत प्रभावित र दुर्घटनाको जोखिम बढेपछि बेनी नगरपालिकाले व्यवसायीलाई अस्थायी टहरा, सटर, टङ्की र ठेला हटाउन अनुरोध गर्दै केही गत मङ्सिरमा सार्वजनिक सूचना जारी गरेको थियो ।

भाडा सम्झौता नवीकरण नगरेको र सघन सहरी तथा भवन डिभिजन कार्यालयले सडक विस्तार योजनाको काम सुरु गरेपछि अव्यवस्थित संरचना व्यवसायी आफैले हटाएका नगर कार्यपालिकाको प्रवक्तासमेत रहेका ७ नम्बर वडाका अध्यक्ष रमेशकुमार श्रेष्ठले बताए। ‘तत्कालीन अर्थुङ्गे गाविससँग सम्झौता गरेर सार्वजनिक जग्गामा अस्थायी संरचना बनाएका व्यवसायीसँगको सम्झौता पछिल्लो समय नवीकरण नगरी विकल्प खोज्न भनेका थियौँ,’ उनले भने,’यसअघिनै सार्वजनिक सूचना जारी गरेर ठाउँ खाली गर्न भनेका थियौँ, सडक विस्तारको काम सुरु भएपछि व्यवसायी आफैले संरचना हटाउनु भएको हो ।’

जिल्ला प्रशासन र नगरपालिका कार्यालय अगाडिका १५ वटा सटर र टङ्की व्यवसायी आफैले भत्काएर सामान, फर्निचर लगेका हुन् । ठेलामा फलफूल व्यवसाय गर्दै आएका दरवाङ बसपार्कमा सरेका छन् । सवारी साधनको चाप बढेको र सार्वजनिक जग्गामा रहेका अव्यवस्थित संरचनाका कारण आवतजावतमा समस्या, दुर्घटनाको जोखिम र बजार व्यवस्थापनमा समस्या भएपछि हटाइएको नगर प्रमुख सुरत केसीले बताए ।

हटाइएकामध्ये केही व्यवसायीले सार्वजनिक जग्गा प्रयोग गरेबापत वर्षौँ देखिको भाडासमेत तिरेका थिएनन् । यसअघि गत पुस १५ गते नगरपालिकाले काली पुल बसपार्क ढलान गर्न त्यहाँ रहेको यातायात कम्पनीको टिकट काउन्टर र रेष्टुरेष्ट हटाएको थियो । बजारका अन्य ठाउँका अतिक्रमित र अव्यवस्थित संरचना पनि खाली गराउन ताकेता गरिएको नगर प्रमुख केसीले बताए ।

व्यवसायी रहमद खाँनले भने दशकौँदेखि व्यवसाय गर्दै आएको ठाउँबाट विस्थापित हुँदा रोजगारी र आम्दानी गुमेको गुनासो गरे। नगरपालिकाले प्रतिबद्धता अनुसार वैकल्पिक ठाउँमा व्यवसाय गर्ने वातावरण मिलाइदिनुपर्ने उनको भनाइ छ । सघन सहरी तथा भवन डिभिजन कार्यालयले प्रशासन, जिल्ला समन्वय समिति, बेनी सामुदायिक मावि, पुस्तकालय र नगरपालिकाको कार्यालय अगाडिको क्षेत्रमा सडक विस्तार, ढलान, ढल व्यवस्थापन र नाली निर्माणको काम सुरु गरेको छ ।

कार्यालयसँग यही फागुन पहिलो हप्ता रु ७५ लाख पाँच हजार नौ सय २६ मा ठेक्का सम्झौता गरेको निर्माण कम्पनी भगवती मालिका कन्ट्रक्सनका सञ्चालक विजय भट्टचनले काम तीव्र रूपमा अगाडि बढाएको बताए । आगामी असार मसान्तभित्र सडक निर्माणको काम सम्पन्न गर्ने लक्ष्य छ ।

धुलाम्मे, हिलो र डुवानको समस्या समाधानका लागि सिफारिस गरिएको योजना कार्यान्वयन थालिएको जिसस प्रमुख राजकुमार थापाले बताए । जिससको सिफारिसमा सघन सहरी तथा भवन डिभिजन कार्यालयले यो योजना कार्यान्वयन गरेको उनले बताए ।

प्रकाशित मिति : १० फाल्गुन २०७९, बुधबार  २ : ४० बजे

निर्वाचन सम्मुखमा छ, शान्तिपूर्ण वातावरणमा होली मनाऔँ : संयोजक दाहाल

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुक निर्वाचनमा

लेबनानमा इजरायली आक्रमण, कम्तीमा ३१ जनाको मृत्यु

बेरुत- इरानपछि इजरायलले लेबनानमा पनि बमबारी थालेको छ। समाचारअनुसार लेबनानमा

इरानको अडान : ‘अमेरिका फर्स्ट’को नारा ‘इजरायल फर्स्ट’ भइसक्यो, अब वार्ता हुँदैन

वासिङ्टन- इरानका शीर्ष राष्ट्रिय सुरक्षा अधिकारी अली लारीजानीलेले अमेरिकासँग कुनै

सल्यानमा रास्वपाको चुनावी प्रचारमा प्रयोग गरिएको गाडीबाट मदिरा र चामल नियन्त्रणमा 

सल्यान– सल्यानमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चुनावी प्रचारप्रसारमा संलग्न

सूर्यमा चित्त नबुझे तारामा भोट हाल्न एमाले नेताको आह्वान

काठमाडौं– नेकपा (एमाले)का नेता तथा गण्डकी प्रदेश सभा सदस्य वेदबहादुर