मालीमा विस्फोट हुँदा ३ शान्ति सैनिक मारिए, नेपाली सैनिक सुरक्षित छन् : सेना « Khabarhub

मालीमा विस्फोट हुँदा ३ शान्ति सैनिक मारिए, नेपाली सैनिक सुरक्षित छन् : सेना


१० फाल्गुन २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अफ्रिकी मुलुक मालीमा भएको विस्फोटनमा परी शान्ति सैनिक मारिएका छन् । मालीको मध्य भागमा भएको विस्फोटमा परी संयुक्त राष्ट्रसङ्घको शान्ति सैनिक मिसन मिनुस्मामा कार्यरत सेनेगलका तीन शान्ति सैनिकको मृत्यु भएको हो ।

मङ्गलबार भएको उक्त विस्फोटनमा परी अन्य पाँच सैनिक गम्भीर घाइते भएको मिनुस्माले जनाएको छ ।

मिसनमा कार्यरत सबै नेपाली शान्ति सैनिक भने सुरक्षित रहेको नेपाली सेनाका प्रवक्ता सहायरथी कृष्णप्रसाद भण्डारीले जानकारी दिए । नेपाली सैनिक रहेको क्षेत्रको अवस्था सामान्य रहेको उनले बताए ।

मालीको शान्ति मिसनमा नेपालका ‘स्टाफ’, ‘अब्जर्भर’ ‘कन्टिजेन्ट’ समेत गरी एक सय ८१ सकलदर्जा कार्यरत छन् ।

प्रकाशित मिति : १० फाल्गुन २०७९, बुधबार  २ : ५० बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको