आफ्नो पार्टीका कसैलाई पनि अफर नआएकाले राष्ट्रपतिको ‘च्याप्टर क्लोज’ भयो : सम्मानित नेता खनाल | Khabarhub Khabarhub

आफ्नो पार्टीका कसैलाई पनि अफर नआएकाले राष्ट्रपतिको ‘च्याप्टर क्लोज’ भयो : सम्मानित नेता खनाल


१० फाल्गुन २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले आफ्नो पार्टीका कसैलाई पनि राष्ट्रपतिको अफर नगरिएकाले यो विषयको ‘च्याप्टर क्लोज’ भएको बताएका छन् ।

आन्दनगरस्थित पार्टी कार्यालयमा बसेको सचिवालय बैठकपछि सम्मानित नेता खनालले राष्ट्रपतिका लागि कसैले प्रस्ताव नगरेकाले सो बिषयको ‘च्याप्टर क्लोज’ भएको बताएका हुन् ।

‘सचिवालय बैठकमा अध्यक्ष माधवकुमार नेपालले अहिलेको परिस्थिति र नेताहरूसँग भएका भेटवार्ताबारे ब्रिफिङ गर्नुभयो, राष्ट्रपति प्रस्ताव आएको भन्नेबारे केही भन्नु भएन त्यसकारण यो हल्ला मात्रै रहेछ भन्ने बुझ्नुपर्‍यो,’ खनालले बैठक पछि भने, ‘राष्ट्रपति निर्वाचन सम्बन्धमा कुनै पार्टीले प्रस्ताव गरेको छैन, यो च्याप्टर क्लोज भयो । कसैले प्रस्ताव गरे धारणा बनाउने हो ।’

उनका अनुसार बैठकले संसदमा रहेका सबै दलहरूसँग राष्ट्रतिका विषयमा छलफल गर्ने निर्णय गरेको छ ।

प्रकाशित मिति : १० फाल्गुन २०७९, बुधबार  ३ : २९ बजे

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

नेपालविरुद्ध उज्बेकिस्तानलाई २–० को अग्रता

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’