बाजुरामा ५.२ रेक्टरको भूकम्प « Khabarhub

बाजुरामा ५.२ रेक्टरको भूकम्प


१० फाल्गुन २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- बाजुरामा आज दिउँसो १ बजेर ४६ मिनेटमा भूकम्प गएको छ । गत माघ १० गते गएको भूकम्पको ठीक एक महिनापछि आज बाजुरामा पुनः भूकम्प गएको हो ।

जिल्लाको हिमाली गाउँपालिकाको विच्छ्या केन्द्रविन्दु बनाएर ५ दशमलव २ रेक्टरको भूकम्प गएको भूकम्पमापन केन्द्र सुर्खेतले जनाएको छ । माघ १० गते मङ्गलबार दिउँसो ५ दशमलव ९ रेक्टरको भूकम्प गएको ठीक एक महिनामा भूकम्प गएको भूकम्पमापन केन्द्र सुर्खेतको भनाइ छ ।

सुदूरपश्चिमका पहाडी जिल्ला बाजुरा, बझाङ, अछामलगायतका जिल्लामासमेत भूकम्पको धक्का महसुस गरिएको छ । भूकम्पको धक्कापछि स्थानीयवासी त्रसित बनेका छन् ।

भूकम्पबाट प्रभावित भएका बाजुराका पीडितहरुको उचित व्यवस्थापन हुन नपाउँदै फेरि भूकम्प गएपछि स्थानीय थप प्रभावित भएका छन् । भूकम्पबाट भएको क्षतिको विवरण भने प्राप्त हुन सकेको छैन ।

प्रकाशित मिति : १० फाल्गुन २०७९, बुधबार  ३ : ४१ बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार