९ किलो चरेससहित तीन जना पक्राउ | Khabarhub Khabarhub

९ किलो चरेससहित तीन जना पक्राउ


१० फाल्गुन २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- दाङ र रोल्पाका तीन जना कैलालीमा ९ किलो चरेससहित पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार रोल्पा जिल्लाको थवाङ्ग गाँउपालिका–५ बस्ने ४४ वर्षीय कुमार पुन, दाङ जिल्लाको लालमोटिया गाँउपालिका–१ बस्ने ३९ वर्षीया पुनम पुन र ४१ वर्षीया दिलमाया पुनलाई चरेससहित पक्राउ गरिएको हो ।

उनीहरूलाई धनगढी–१४ एचगाँउ स्याउलेघाटस्थित सीमा ईलाकाबाट सशस्त्र प्रहरी बल नेपाल बीओपीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका सूचना अधिकारी प्रहरी निरिक्षक खगेन्द्र साउदले बताए ।

नेपालबाट भारततर्फ जाँदै गरेका उनीहरुलाई सशस्त्र प्रहरीले शंका लागि चेकजाँच गर्दा उनीहरुको साथमा ९ किलो चरेस फेला परेको साउदले बताए ।

प्रकाशित मिति : १० फाल्गुन २०७९, बुधबार  ४ : ०९ बजे

एलडीसी स्तरोन्नतिपछि पनि वित्तीयकरणमा सघाउन अध्यक्ष ढकालको आग्रह

काठमाडौँ – अतिकम विकसित मुलुक ( एलडीसी) बाट स्तरोन्नति पनि

विकास सहायता कम र असन्तुलित भयो, रूपान्तरण हुनुपर्छ : प्रधानमन्त्री ओली

सेभिया (स्पेन) – प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वमा विकास सहायता

मनाङमा ‘यार्तुङ’ सुरु

मनाङ – ‘खेतीपातीको उत्पादन राम्रो होस्’ भन्ने कामनासहित हिमाली जिल्ला

‘विश्वले अब गर्मीको लहरसँग बाँच्न सिक्नुपर्नेछ’

एजेन्सी – संयुक्त राष्ट्रसंघ अन्तर्गतको मौसम तथा जलवायु विषयक निकायले

संविधानअनुसार परराष्ट्र नीति सञ्चालन गरिएको गृहमन्त्रीको दाबी

काठमाडौँ – गृहमन्त्री रमेश लेखकले नेपालको परराष्ट्र नीति र अन्तरराष्ट्रिय