पर्यटनले ग्रामीण अर्थतन्त्रलाई बलियो बनाउँछ : राष्ट्रपति भण्डारी « Khabarhub

पर्यटनले ग्रामीण अर्थतन्त्रलाई बलियो बनाउँछ : राष्ट्रपति भण्डारी


१० फाल्गुन २०७९, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- राष्ट्रपति विद्यादेवी भण्डारीले पर्यटनको माध्यमबाट ग्रामीण अर्थतन्त्र बलियो बन्ने बताएकी छिन् । पर्वतको जलजला गाउँपालिका–२ पूर्णगाउँमा निर्माण भएको आदिबराह मन्दिरको आज उद्घाटन गर्दै उनले जैविक विविधताको संरक्षण र कृषि उपजको बजारीकरणको माध्यमबाट ग्रामीण अर्थतन्त्रको विकासमा टेवा पुर्‍याउन सकिने बताइन् ।

कृषि, वन, जलस्रोत र पर्यटनमा आधारित उद्यमशीलताको माध्यमबाट स्वदेशी उत्पादनमा वृद्धि एवम् रोजगारीको सिर्जना गर्दै र स्वावलम्बी आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्न सकिने उनको भनाइ छ । “सार्वजनिक रुपमा ध्यान पुग्न नसकेका धेरै ऐतिहासिक मठमन्दिर र पर्यटकीयस्थल मुलुकका विभिन्न स्थानमा छरिएर रहेका छन्”, उनले भनिन्, “स्थानीय, प्रदेश र सङ्घीय सरकारले अग्रसरता लिएर यस्ता स्थलको संरक्षण, सम्बर्द्धन र प्रचार गरेको खण्डमा त्यसको प्रत्यक्ष लाभ स्थानीय जनसमुदायलाई हुनेछ ।”

जलजलाको जैविक विविधतायुक्त कालञ्जर पहाड, मल्लाज दरबार, फलामेडाँडालगायत पर्यटकीय, धार्मिक र ऐतिहासिकस्थलको पूर्वाधार विकासमा ध्यानाकर्षण भएको राष्ट्रपति भण्डारीले बताइन् ।

“प्रसिद्ध बराहताल संरक्षणका लागि समुदायस्तरबाट भएको प्रयासका लागि धन्यवाद दिन चाहन्छु”, उनले भनिन्, “पर्वत जिल्लाका पर्यटकीयस्थलको प्रचारप्रसार गरी आन्तरिक र बाह्य पर्यटक आकर्षित गर्न सकिने प्रशस्त सम्भावना रहेको अनुभूत भएको छ ।”

कार्यक्रममा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, मुख्य सचिव शङ्करदास बैरागी, संविधानसभा सदस्य अर्जुनप्रसाद जोशीलगायतको उपस्थिती रहेको थियो ।

लामिछाने र घर्ती क्षेत्री समुदायले रु एक करोड ५० लाखको लागतमा दुई वटा मन्दिर निर्माण गरेको आयोजकले जनाएका छन् । मन्दिर पुनःनिर्माणको मुख्यदाता रवीन्द्रजङग लामिछनेले रु २५ लाख सहयोग प्रदान गरेको निर्माण समितिका नवीन जिसीले जानकारी दिए । जलजला गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्यले राष्ट्रपतिको भ्रमणले पर्यटकीय सम्भावनायुक्त बराहताल र हम्पाल कालञ्जर क्षेत्रको प्रचार तथा पहिचान दिलाउन सहयोग पुगेको बताए ।

समुद्री सतहदेखि एक हजार नौ सय ५० मिटरको उचाइमा रहेको बराहताल तीन रोपनी आठ आना क्षेत्रफलमा फैलिएको छ । करिब तीन मिटर गहिरो तालको पृष्ठभूमिमा धौलागिरि र निलगिरि हिमाल रहेका छन् । जनैपूर्णिमामा लाग्ने विशेष मेलामा पर्वतसहित, म्याग्दी, बागलुङ, पोखरा, चितवन, काठमाडौँ लगायतका ठाउँबाट भक्तजन आउने गर्दछन् । मागेको बर पूरा हुने विश्वास गर्ने गरिएको बराह क्षेत्रलाई धार्मिक पर्यटकीयस्थलका रुपमा विकास गर्ने योजना अगाडि बढाइएको जलजला –२ का वडाअध्यक्ष प्रकाश जिसीले बताए ।

प्रकाशित मिति : १० फाल्गुन २०७९, बुधबार  ४ : १४ बजे

३७ वर्ष पढाएका हेड सरलाई हेलिकप्टर चढाएर बिदाइ

काठमाडौँ– गोरखाको धार्चे गाउँपालिका–२, रुन्चेतस्थित गण्डकी माध्यमिक विद्यालयमा ३७ वर्ष

बलात्कार गरेको आरोपमा एमाले नेता पक्राउ

जनकपुरधाम- जनकपुरधाम उपमहानगरपालिकाका मेयर प्रत्यासी एवं नेकपा एमाले नेता शिवशंकार

नारायणीमा बेपत्ता भट्टराईको शव फेला

काठमाडौँ– सशस्त्र प्रहरीले शिव भट्टराईको शव नारायणी नदी किनारामा आज

जेनजी सहिदहरूको सम्झनामा दीप प्रज्वलन

काठमाडौँ- गत २३ र २४ भदौमा भएको जेनजीहरूको प्रदर्शनका क्रममा

ब्रिटिस र्‍यापर क्लार्कको स्वीकार: आफ्नै कारको ठक्करबाट नेपाली विद्यार्थीको मृत्यु

बेलायत- चर्चित ब्रिटिस र्‍यापर क्लार्क स्यामुयलले आफूले चलाएको कारको ठक्करबाट