नेकपा एसका सांसद प्रकाश ज्वालाको प्रश्न : यो देशमा श्री ५ महाराजाधिराज छ ? « Khabarhub

नेकपा एसका सांसद प्रकाश ज्वालाको प्रश्न : यो देशमा श्री ५ महाराजाधिराज छ ?


१० फाल्गुन २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- एकीकृत समाजवादीका सांसद प्रकाश ज्वालाले राजतन्त्र र राजाका नाममा मेची–महाकाली प्रचार भइरहेको भन्दै आपत्ति जनाएका छन् ।

बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर बोलेका उनले विद्यमान व्यवस्थामाथि प्रहार भइरहेकाले यसविरुद्ध लड्नुपर्ने बताए ।

दुर्गा प्रसाईंको नेतृत्वमा भइरहेको राष्ट्र, राष्ट्रिय र धर्मसंस्कृति संरक्षण अभियानलाई इंगित गर्दै उनले गणतन्त्रसहित राजनीतिक उपलब्धिमाथि प्रहार भइरहेकाले यसविरुद्ध लाग्नुपर्ने बताएका हुन् ।

प्रजातन्त्र दिवसको अवसरमा पूर्वराजा ज्ञानेन्द्र शाहले निकालेको विज्ञप्तिमा प्रयोग गरिएका शब्दप्रति पनि उनले आपत्ति जनाए ।

पूर्वराजा ज्ञानेन्द्रले ‘श्री ५ महाराजाधिराजका नाममा शुभकामना’ भन्दै निकालेको विज्ञप्तिप्रति आपत्ति जनाउँदै सांसद ज्वालाले संसदमा प्रश्न गरे– ‘के यो देशमा श्री ५ महाराजाधिराज छ ? अहिले देशमा राजतन्त्र छ ?’

प्रकाशित मिति : १० फाल्गुन २०७९, बुधबार  ५ : ४६ बजे

धार्मिक विधि र सांस्कृतिक महत्त्व : के हो फूलपाती ?

काठमाडौँ – हिन्दू धर्मावलम्बीका लागि आश्विन शुल्क सप्तमीको दिन विशेष महत्त्व

कांग्रेस सभापति गगन थापाको आज पदबहाली, केन्द्रीय समितिको शपथ दसैँपछि

ललितपुर – नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट सभापतिमा नवनिर्वाचित गगनकुमार थापाको

दसैँले आत्मीयता र सांस्कृतिक विरासत जीवन्त राखेको छ: राष्ट्रियसभा अध्यक्ष

काठमाडौँ – राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रिय एकता, सामाजिक सद्भाव,

आजको मौसम पूर्वानुमान : यस्तो छ मौसम

काठमाडौँ – नेपाल मौसम विज्ञान विभागले आज दिउँसो कोशी, बागमती

दसैँ असत्यमाथि सत्यको विजय उत्सव भन्दै राष्ट्रपतिले दिए बडादसैँको शुभकामना

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैँ २०८३ का अवसरमा स्वदेश