महिला बालबालिका मन्त्रालयद्वारा अन्तर्राष्ट्रिय महिला दिवसको नारा सार्वजनिक « Khabarhub

महिला बालबालिका मन्त्रालयद्वारा अन्तर्राष्ट्रिय महिला दिवसको नारा सार्वजनिक


१० फाल्गुन २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले ११३ औँ अन्तर्राष्ट्रिय महिला दिवसका लागि राष्ट्रिय नारा ‘लैङ्गिक समानताको बलियो आधार : सिर्जनात्मक प्रविधिमा महिला पहुँचको विस्तार’ सार्वजनिक गरेको छ । मन्त्रालयका प्रवक्ता यमलाल भुसालले सो नारा सार्वजनिक गरिएको जानकारी आज दिएका हुन् ।

राष्ट्रिय नाराका सन्दर्भमा महिलाको प्रविधिमा पहुँचको सुनिश्चितता गर्दै आर्थिक र सामाजिक सशक्तीकरणका निम्ति सहयोग गर्ने रचनात्मक तथा सिर्जनात्मक कार्यक्रम आयोजना गरी सामाजिक सचेतना अभिवृद्धि गर्ने उद्देश्यले दिवस मनाउन थालिएको मन्त्रालयका उपसचिव ममता विष्टले बताइन् ।

उक्त दिवस साझा अभियानका रूपमा सङ्घीय सरकारका सबै निकाय, सातै प्रदेश सरकार, जिल्ला समन्वय समिति महासङ्घ, नगरपालिका महासङ्घ, गाउँपालिका महासङ्घ, ७७ जिल्ला समन्वय समिति, सात सय ५३ स्थानीय तह एवं वडा, नागरिक समाज, सामाजिक शैक्षिक तथा निजी सङ्घ संस्था तथा सबै सरोकारवाला निकायलाई दिवस भव्य, सभ्य र व्यवस्थित रूपले मनाउन मन्त्रालयले आह्वान गरेको छ ।

‘डिजिटल : लैङ्गिक समानताका लागि नवप्रवर्तन र प्रविधि’ भन्ने अन्तर्राष्ट्रिय नारासहित यही मार्च ८ मा अन्तर्राष्ट्रिय महिला दिवस साझा अभियानका रूपमा मनाइने भएको छ ।

प्रकाशित मिति : १० फाल्गुन २०७९, बुधबार  ५ : ४८ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया