एमालेका उम्मेदवार राष्ट्रपतिमा विजयी हुनेछन् : एमाले उपाध्यक्ष पौडेल « Khabarhub

एमालेका उम्मेदवार राष्ट्रपतिमा विजयी हुनेछन् : एमाले उपाध्यक्ष पौडेल


१० फाल्गुन २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले वर्तमान सरकार गठन भएका बेला भएको सहमति अनुसार नै राष्ट्रपतिमा एमालेका उम्मेदवारले विजयी हासिल गर्ने दाबी गरेका छन् ।

बुधबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै पौडेलले सरकार गठन गर्दा गठबन्धन दलहरुबीच भएको सहमति अनुसार नै एमालेका तर्फबाट अघि सारिएको उम्मेदवारको जीत हुने दाबी गरेका हुन् ।

सरकार गठनको पृष्ठभूमिमा भएको सहमति सबै दलले इमान्दारिताका साथ पालना गर्ने उनको विश्वास छ । उनले एमालेबाट को उम्मेदवार हुने भन्दा पनि सहमति अनुसारको नतिजा आउने बताए ।

त्यस्तै उपप्रधान एवं अर्थमन्त्री समेत रहेका पौडेलले अहिले लघुवितका क्षेत्रमा देखिएको समस्या समाधानका लागि सरकारले काम सुरु गरिसकेको जानकारी दिए ।

प्रकाशित मिति : १० फाल्गुन २०७९, बुधबार  ६ : १९ बजे

पाल्पामा राहदानी लिन सदरमुकाम धाउनुपर्ने बाध्यता हट्यो

पाल्पा – राहदानी लिन सदरमुकाम तानसेन पुग्नुपर्ने सोच बनाइरहेका रम्भा

ट्रम्प भने : इरानका अझै पनि ‘एकाध लक्ष्य’ नियन्त्रणमा लिन बाँकी छ

वाशिङ्टन – अमेरिकाले इरानको धेरै सैन्य क्षमता नष्ट गरेको तर

पहिरोका कारण मङ्गलामा १६६ परिवार प्रभावित

म्याग्दी – गत असोज महिनाको दोस्रो साता परेको निरन्तरको झरीपछिको

अवरुद्ध बिपी राजमार्ग सञ्चालन

काभ्रे – अविरल वर्षाका कारण अवरुद्ध बनेको बिपी राजमार्गका विभिन्न

जनकपुरले पोखरालाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा जनकपुर बोल्ट्सले