सङ्गठनको अभिलेख सङ्कलन गर्न जसपाद्वारा पत्राचार « Khabarhub

सङ्गठनको अभिलेख सङ्कलन गर्न जसपाद्वारा पत्राचार


१० फाल्गुन २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- जनता समाजवादी पार्टी (जसपा) नेपालले आफ्ना सङ्गठनको अभिलेख सङ्कलन गर्न मातहत समितिलाई आज पत्र पठाएको छ ।

गत सोमबार सम्पन्न कार्यकारिणी समितिको बैठकको निर्णयअनुसार पार्टीका सङ्गठन विभाग प्रमुख रामसहायप्रसाद यादवले पार्टी मातहतका समिति र सङ्गठनलाई अभिलेखको माग गर्दै आज पत्र पठाएका हुन् ।

सङ्गठन विभाग प्रमुख यादवद्वारा जारी पत्रमा भनिएको छ, “पार्टीमा आबद्ध सम्पूर्ण पार्टी सदस्यको अभिलेख पार्टीको अन्तरिम विधानको अनुसूची ६ को ढाँचामा रहेको मातहत प्रमाणित अभिलेख विसं २०७९ फागुन मसान्तभित्र केन्द्रीय सङ्गठन विभागमा पठाइदिन हुन सबै प्रदेश समिति, राष्ट्रिय समिति र जनवर्गीय समितिलाई अनुरोध गर्दछु ।”

अभिलेखका आधारमा पार्टीले आगामी चैत मसान्तमा हुने विधान अधिवेशनका लागि प्रतिनिधिको सङ्ख्या र मापदण्ड तय गर्ने जनाएको छ ।

प्रकाशित मिति : १० फाल्गुन २०७९, बुधबार  ७ : १६ बजे

पोखराका कप्तान कुशल भुर्तेल आउट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच

वरिष्ठ साहित्यकार उन्नती बोहरा ‘शीलाको’ विशेष साङ्गीतिक कार्यक्रम सम्पन्न

काठमाडौं– नेपाली साहित्य, गीत–संगीत र सामाजिक सेवाका क्षेत्रमा लामो समयदेखि

पोखराले गुमायो दोस्रो विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच

ट्रकमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

दैलेख – सुर्खेत–दैलेख सडक खण्डमा आइतबार ट्रकमा मोटरसाइकल ठोक्किएर भएको