भूकम्प अपडेट : विद्यालय, स्वास्थ्यचौकी र दुई घरमा क्षति « Khabarhub

भूकम्प अपडेट : विद्यालय, स्वास्थ्यचौकी र दुई घरमा क्षति


१० फाल्गुन २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

बाजुरा : बाजुराको हिमाली गाउँपालिकाको बिच्छ्या केन्द्रबिन्दु बनाएर बुधबार दिउँसो गएको ५ दशमलव २ म्याग्नेच्युटको भूकम्पबाट विद्यालय र स्वास्थ्यचौकीमा क्षति पुगेको छ ।

भूकम्पबाट हिमाली गाउँपालिका १, ३ र ५ मा रहेका दुई वटा स्वास्थ्यचौकी र एक विद्यालयमा क्षति पुगेको प्रमुख जिल्ला अधिकारी पुष्कर खड्काले जानकारी दिए । भूकम्पले उक्त गाउँपालिकामा रहेका बिच्छ्या स्वास्थ्यचौकी र रुगीन स्वास्थ्य चौकी भवनमा पनि क्षति पु¥याएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नायब उपरीक्षक कवीन्द्रसिहं बोहराले जानकारी दिए।

त्यसैगरी सोही गाउँपालिका–१ मा रहेको बाल विकास भवन पूर्णरुपमा भत्किएको छ । हालसम्म प्राप्त जानकारीअनुसार आठ वटा घरमा क्षति भएको र क्षतिको विवरण सङ्कलन भइरहेको गाउँपालिकाका अध्यक्ष गोविन्द्रबहादुर मल्लले बताए ।

भूकम्पबाट सोही गाउँपालिका–४ बस्ने पूर्णप्रसाद पाण्डे र हरिचन्द्र पाण्डेको दुई तले घर पूर्णरुपमा क्षति भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । बिच्छ्या केन्द्रबिन्दु बनाएर गएको भूकम्पबाट अझै क्षतिको विवरण सङ्कलनका लागि प्रहरी टोली पठाइएको जिल्ला सुरक्षा समिति बाजुराले जनाएको छ ।

प्रकाशित मिति : १० फाल्गुन २०७९, बुधबार  ८ : १५ बजे

लागुऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित १६ जनालाई

मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित, चुम उपत्यकाको पदयात्रा स्थगित

गोरखा – बूढीगण्डकी बाढीका कारण प्रभावित मनास्लु क्षेत्रको पदयात्रामा रहेका

बुढीगण्डकी बाढीले गोरखामा अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र

गोरखा- ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले बुढीगण्डकी तथा यसको सहायक

दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु

दाङ – टिपरको ठक्करबाट बालकको मृत्यु भएको छ । घोराही–लमही

चालु आर्थिक वर्षमा साढे ६७ करोडको धान खरिद गरिने

काठमाडौं । सरकारले चालु आर्थिक वर्षमा न्यूनतम समर्थन मूल्यमा १५