बागमती प्रदेशसभा : शून्य समयमा सरकारको ध्यानाकर्षण « Khabarhub

बागमती प्रदेशसभा : शून्य समयमा सरकारको ध्यानाकर्षण


१० फाल्गुन २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – बागमती प्रदेशसभाको आज बसेको बैठकमा मुख्यमन्त्री शालिकराम जम्कट्टेलले दुई वटा विधेयक छलफलका लागि प्रस्तुत गरेका छन् । ती विधेयकमा स्थानीय तहका सेवाको गठन तथा सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७९ र प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७९ रहेका छन् ।

उक्त बैठकको शून्य समयमा सात जना प्रदेशसभाका सदस्यले जनजीविका र राष्ट्रिय सरोकारसँग सम्बन्धित समस्यालाई प्रदेश सरकारले पनि गम्भीरतापूर्वक ग्रहण गरेर कानुनी पक्षलाई सवल तुल्याउने कार्यमा सक्रियता बढाउनुपर्ने धारणा व्यक्त गरे ।

उनहरूले शून्य समयलाई सदुपयोग गरी प्रदेशको विभिन्न सहरमा वित्तीय संस्था र सहकारीले सर्वसाधारणसँग बचत गर्ने भनेर असुल गर्ने र पछि ती रकम सम्बन्धित व्यक्तिलाई फिर्ता नगर्ने समस्याले सयौँ सर्वसाधारणको घरबारविहीन हुनु पुगेकोमा प्रदेश सरकारले ती व्यक्तिलाई कानुनी दायरामा ल्याई कारबाही गर्न आग्रह गरे ।

काठमाडौँ उपत्यकालगायत प्रदेशका विभिन्न स्थानमा रहेको सडक भत्किएर खल्टाखुल्टी, कात्रोपत्रे उत्रने र सर्वसाधारणलाई यात्रा गर्न कठिनाइ हुनुका साथै जोखिम दुर्घटना बढ्ने भएकाले सरकारले समयमै त्यसतर्फ नियन्त्रण गर्ने प्रयास गर्नुपर्ने उनीहरूको सुझाव थियो ।

सभामा नेपाल मजदुर किसान पार्टीलाई बागमती प्रदेश सभाको प्रमुख प्रतिपक्षको रुपमा घोषणा गर्न सरकारलाई माग गरिएको थियो । स्थानीय निकायमा सङ्घीय सरकारको तर्फबाट निजामती कर्मचारी सरुवा भई जाने र त्यहाँ नियमितरुपमा कार्यरत रहने अवस्था हुँदाहुँदै विभिन्न कारण तुरुन्त सरुवा गरिँदा सम्बन्धित नगरपालिका र गाउँपालिकाको नागरिकलाई सेवा दिन वञ्चित भएकोमा सङ्घीय सरकारलाई प्रदेश सरकारले समन्वय गरेर सेवा प्रवाहलाई चुस्त पार्न सल्लाह दिइएको थियो ।

उनीहरूले प्रदेशको राजधानी हेटौँडालगायत विभिन्न सहरमा स्वच्छ पिउने पानी उपलब्ध गराउन र बेरोजगार युवा समुदायलाई सीपमूलक तालिममार्फत रोजगारीमा लगाउन प्रदेश सरकारले गृहकार्य गर्नुपर्नेमा जोड दिएका थिए ।

प्रकाशित मिति : १० फाल्गुन २०७९, बुधबार  ९ : १० बजे

सात लाख ३२ हजार नागरिक स्वास्थ्य बीमामा आबद्ध

सुदूरपश्चिम– सुदूरपश्चिममा सात लाख ३२ हजारभन्दा बढी नागरिक स्वास्थ्य बीमा

हेटौँडा–ढल्केबर ४०० केभी प्रसारण लाइनको काम तत्काल सक्न निर्देशन

काठमाडौँ– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले हेटौँडा–ढल्केबर

कांग्रेस महाधिवेशनमा १८ नयाँ अभ्यास, युवादेखि ‘ल्याटरल इन्ट्री’सम्म

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन यसअघिका महाधिवेशनभन्दा केही पक्षमा फरक

जितिया पर्वको निराहार व्रत समापन

जनकपुर– सन्तानको दीर्घायु, सुस्वास्थ्य र समृद्धिको कामनासहित महिलाले मनाउने जितिया

तनहुँका दुई हजार पाँचसय बढी किशोरीलाई एचपीभी खोप

तनहुँ– तनहुँका दुई हजार ५४८ किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध एचपिभी