भूकम्प र आगलागीसम्बन्धी कृत्रिम अभ्यास « Khabarhub

भूकम्प र आगलागीसम्बन्धी कृत्रिम अभ्यास


१० फाल्गुन २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सशस्त्र प्रहरी बल नेपाल ३ नम्बर गणीमाई बाहिनी मकवानपुरले भूकम्प र आगलागीसम्बन्धी कृत्रिम अभ्यास कार्यक्रम सम्पन्न गरेको छ । भरतपुर महानगरपालिका–२ क्याम्पाचौरमा कृत्रिम अभ्यास गरेको हो ।

भरतपुर महानगरपालिका र नेपाल रेडक्रस सोसाइटी चितवन शाखाको सहयोगमा आज पहलता नामक नाटकको कृत्रिम अभ्यासमा गरिएको हो । नेपाल भूकम्पको जोखिमका दृष्टिले ११ औँ स्थानमा रहेको छ । भूकम्पका समयमा कसरी उद्धार गर्ने र आगलागीका समयमा कसरी क्षति काम गर्ने भन्ने विषयमा कृत्रिम अभ्यास गरिएको हो ।

कृत्रिम अभ्यासको अवलोकन पछि भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले सबै खाले जोखिम न्यूनीकरणका लागि तयारी अवस्थामा रहनुपर्ने बताए । जोखिमको समयमा उद्धार टोलीलाई समेत तयारी अबस्थामा राखिनुपर्ने उनको भनाइ थियो । विपत्ति समय हेरेर नआउने भन्दै उनले यस्ताखाले जोखिम न्यूनीकरणमा महानगर सधैँसँगै रहेको बताए । विपद्भन्दा हामीले बनाएका संरचना समस्याको रुपमा रहेको उनको भनाइ थियो । उनले भन, “विपद्का समयमा हाम्रा संरचनाले ठूलो क्षति पु¥याउने गरेको छ ।”

चितवनका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले नियमितरुपमा गरिने यस्ता अभ्यासले जनताको सुरक्षाका विषयमा ज्ञान बढ्दै जाने बताए। जिल्लामा रहेका सबै पालिकासँगको समन्वयमा जिल्ला विपद् व्यवस्थापन समितिले काम गर्दै आएको उनले बताए । कार्यक्रममा बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक लक्ष्मणबहादुर सिंहले विपद्को समयमा सशस्त्र प्रहरी बल सधैँ अग्र पङ्क्तिमा रहेर काम गर्दै आएको बताए ।

प्रकाशित मिति : १० फाल्गुन २०७९, बुधबार  ९ : २६ बजे

नेपालको लगातार चौथो हार, नेदरल्यान्ड्ससँग ५७ रनले पराजित

काठमाडौं – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्समा जारी ओडीआई

यातायात क्षेत्रलाई राज्यले संकटमा पार्दैछ : भीमज्वाला राई

काठमाडौं – चर्को जरिवाना र चालकलाई जसरीपनि जेल सजायको व्यवस्था

‘पाथीभरा माता’ नामले परिचित समीर थापा पक्राउ

सुर्खेत – झारफुक तथा हेराइ–मनाइ गर्ने भन्दै मानिसमाथि दुर्व्यवहार गरेको

प्रहरीले हटाइदियो माइतीघरमा लघुवित्त पीडितले बनाएका अस्थायी संरचना (तस्बिरहरू)

काठमाडौं – माइतीघरमा रात कटाउन लघुवित्त पीडितहरूले बनाएको अस्थायी संरचना

चीनलाई लक्षित गर्दै अमेरिकाद्वारा ह्युमनोइड रोबोट आयातमा प्रतिबन्ध

हङकङ – संयुक्त राज्य अमेरिकाको सङ्घीय सञ्चार आयोग (एफसीसी)ले राष्ट्रिय