जोमसोममा दुर्घटनाग्रस्त जहाजमा चालक दलको त्रुटि | Khabarhub Khabarhub

जोमसोममा दुर्घटनाग्रस्त जहाजमा चालक दलको त्रुटि


१० फाल्गुन २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


156
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – मुस्ताङको जोमसोममा दुर्घटनामा परेको तारा एयरको ट्वीनअटर जहाजमा चालक दलको त्रुटि भेटिएको दुर्घटना जाँच आयोगले औँल्याएको छ ।

आयोगले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती समक्ष पेश गरेको अन्तिम प्रतिवेदनमा यस्तो त्रुुटि देखिएको हो । विसं २०७९ जेठ १५ गते पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको ट्वीनअटर ९ एन–एइटीरडीएचसी ६–३०० जहाज दुर्घटनाग्रस्त हुँदा चालक दलका सदस्यसहित २२ जनाको मृत्यु भएको थियो । जहाज मुस्ताङको मानापाथी हिमालको फेदीमा दुर्घटनामा परेको थियो ।

प्रतिवेदनअनुसार जहाजमा अगाडिको पहाड र त्यसको जोखिमबारे जानकारी दिने ‘टेरेन अभोइडेन्स एण्ड वार्निङ सिस्टम’ (टीएडब्लुएस) बन्द गरिएको थियो । सोहीकारण चालक दलले जहाजबाट अगाडि पहाड छ भन्ने जानकारी पाउन सकेनन् । सरकारले गत जेठ १६ गते जेठमा नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक रतिशचन्द्र लाल सुमनको अध्यक्षतामा दुर्घटना जाँच आयोग गठन गरेको थियो । आयोगको सदस्यमा क्याप्टेन दीपु ज्वार्चन, वरिष्ठ मेन्टिनेन्स इञ्जिनीयर उपेन्द्रलाल श्रेष्ठ, वरिष्ठ मौसमविद् मणिरत्न शाक्य सदस्य र सदस्य सचिव बुद्धिसागर लामिछाने रहेका थिए ।

आयोगका सदस्य सचिव बुद्धिसागर लामिछानेका अनुसार उक्त दुर्घटनामा चालक दलको त्रुटि पाइएको छ । जहाजमा जडित प्रणाली सही तरिकामा उपयोग गर्न नसक्दा जहाज पहाडमा ठोक्किन पुगेको दुर्घटनाको कारणमा उल्लेख गरिएको छ । टीएडब्लुएस प्रणाली बन्द नगरी जहाज उडाएको भए दुर्घटनामा पर्नुभन्दा २ मिनेट अगाडि नै चालक दलका सदस्यलाई चेतावनी प्राप्त हुने थियो । जसले गर्दा दुर्घटना टर्न सक्ने सम्भावना रहन्थ्यो ।

मौसम खराबका कारण पाइलटले अगाडिको दृश्य राम्रोसँग देख्न पाएनन् । चालक दलले कम्पनीले तोकेको उडान मापदण्ड पनि पालना नगर्दा जहाज दुर्घटनामा परेको प्रतिवेदनमा भनिएको छ । आयोगले अन्तर्राष्ट्रिय मापदण्डअनुसार अमेरिकाको नेशनल ट्रान्सपोर्ट सेफ्टी बोर्डसमेतको सहयोगमा प्रतिवेदन तयार पारिएको छ । उक्त प्रतिवेदन ६० दिनको समय दिएर अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठनलगायत सम्बन्धी मुलुक र निकायमा रिभ्यूका लागि पठाउने र त्यसपछि सबैको जानकारीका लागि सार्वजनिक गरिने आयोगद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति : १० फाल्गुन २०७९, बुधबार  ९ : ५७ बजे

अवसरको उपयोग गर्न उपप्रधानमन्त्री सिंहको जोड

पाटन– उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले शैक्षिक क्षेत्रमा उपलब्ध

सुन चाँदीको मूल्य घट्यो, कतिका हुँदै छ कारोबार ?

काठमाडौं– स्थानीय बजारमा सुनचाँदीको मूल्य घटेको छ । आज सुन

शालीनदीमा माधवनारायण स्वस्थानी व्रत मेला (तस्बिरहरू)

काठमाडौं- पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमाका दिनसम्म एक महिना 

क्षतिग्रस्त बिपी राजमार्गको मर्मत सुरु

काठमाडौं– बाढीबाट क्षतिग्रस्त बिपी राजमार्गको भकुण्डेबेँसीबाट नेपालथोकसम्मका विभिन्न खण्डमा सडक

पहिरोले हुम्लाको खच्चा सडक अवरुद्ध

सिमकोट– माघः सुक्खा पहिरोका कारण जिल्लाको दक्षिण भेग सर्केगाड गाउँपालिका–१