सिरहामा दिनदहाडै लुटिए मनि ट्रान्सफरका कर्मचारी « Khabarhub

सिरहामा दिनदहाडै लुटिए मनि ट्रान्सफरका कर्मचारी


१० फाल्गुन २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

सिरहा – सिरहामा दिनदहाडै मनि ट्रान्सफरका कर्मचारी लुटिएका छन्। मिर्चैयास्थित ग्लोवल आईएमई बैंकबाट नौं लाख रुपैयाँ लिएर कल्याणपुर जाने क्रममा मनि ट्रान्सफरका कर्मचारीबाट बुधबार अपरान्ह लुटेराले ९ लाख रुपैयाँ लुटेर फरार भएका हुन्।

कल्याणपुर नगरपालिका ११ मा रहेको राजाराम सव मनि ट्रान्सफरको लागि मिर्चैयास्थित ग्लोवल बैंकबाट ९ लाख रुपैयाँ लिएर जाँदै गरेको बेला कल्याणपुर सडक अन्तर्गत मिर्चैया नगरपालिका ३ को वतहा खोला पुल नजिकैबाट रहेका चार जनाको समूहमा लुटेराहरुले लुटपाट गरेको इलाका प्रहरी कार्यालाय मिर्चैयाका प्रमुख डीएसपी हरिकृष्ण केसीले जानकारी दिए।

उनले मोटरसाइकलमा रहेका लुटेराहरुले मनि ट्रान्सफरका कर्मचारीहरुलाई हात हतियार देखाएर कुटपीट समेत गरेको प्रहरीले बताए। उनले भने, ‘अलि एकान्तजस्तो ठाउँ रहेछ, एम्वुस थापेर बसेका लुटेराहरुले उनीहरुलाई हतियार देखाएर कुटपीट पनि गरेछन्,’ उनले भने ।

उनले रकम लुटिएको भन्ने थाहापाउना साथ सवै नाकाहरुमा खोजतलासको लागि प्रहरी परिचालन गरिएको जनाए। घटनाको बारेमा अनुसन्धान गरिरहेको बताए। यस अघि पनि सो मनि ट्रान्सफरको २४ लाख रुपैयाँ यहि क्षेत्रबाट लुटिएको थियो।

प्रकाशित मिति : १० फाल्गुन २०७९, बुधबार  १० : १८ बजे

नागढुङ्गा सुरुङमार्गमा सडक दस्तुर संकलन सुरु

काठमाडौँ– नागढुङ्गा सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनबाट आजदेखि सडक दस्तुर संकलन

इरानमा अझै एक–दुई लक्ष्यमा आक्रमण गर्न बाँकी छ : ट्रम्प

काठमाडौँ– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको अधिकांश सैन्य क्षमता ध्वस्त

राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ क्षेत्रमा सिँचाइ

काठमाडौँ– राष्ट्रिय गौरवका सिँचाइ आयोजनाहरूले नयाँ क्षेत्रमा सिँचाइ सुविधा पुर्याउन

सरकारी भवन निर्माणका क्रममा पहिरो खस्दा स्थानीयका घर जोखिममा (तस्बिर)

कालिकोट– कालिकोटको खाँडाचक्र नगरपालिकाको प्रशासकीय भवन निर्माणका क्रममा खसेको पहिरोले

धान फल्ने खेतमा फूलखेती

झापा– धानका बाला झुल्ने खेतमा अहिले सयपत्रीका फूल ढकमक्क फुलेको