छुवाछूत र विभेद अन्त्य गर्न राष्ट्रियसभा सदस्यको माग | Khabarhub Khabarhub

छुवाछूत र विभेद अन्त्य गर्न राष्ट्रियसभा सदस्यको माग


८ चैत्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- राष्ट्रियसभाको आजको बैठकमा सांसदले मुलुकको समसामयिक राजनीतिक तथा सामाजिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।

बैठकको शून्य समयमा उनीहरूले समाजमा छोरी असुरक्षित रहेको र मानव तस्करको कब्जामा परिरहेकाले अपराधीलाई कारबाहीको दायरामा ल्याउन माग गरे । सांसद अनिता देवकोटाले छोरीहरू समाजमा असुरक्षित रहेको, उनीहरूको जीवन जोखिममा परेको र मुलुक मानव तस्करको केन्द्र बन्दै गएकामा चिन्ता व्यक्त गर्दै यसतर्फ सरकारको ध्यान जाओस् भनिन्।

सांसद कुमार दसौदीले आफूलाई राष्ट्रिय सभासदस्यमा निर्वाचित गराएकोमा लुम्बिनी प्रदेशसभाका सदस्य, स्थानीय तहका प्रमुख तथा उपप्रमुखलाई धन्यवाद दिए ।

सांसद खिमलाल देवकोटाले त्रिभुवन विश्वविद्यालयमा देखिएको बेतिथिलाई अन्त्य गर्न तत्काल स्पष्ट सुधारको कार्य तालिका ल्याउन सरकारको ध्यानाकर्षण गराए । उनले कास्कीको फेवाताल वरपर भइरहेको मानव अतिक्रमण र डोजरको प्रयोग तत्काल रोक्न माग गरे ।

सांसद दिलकुमारी रावल थापाले स्वास्थ्य सेवा प्रवाहमा ध्यान दिन र स्वास्थ्य क्षेत्रमा रणनीतिक योजना बनाएर लागू गर्न, सुर्तीजन्य पदार्थको बिक्री वितरणमा समेत नियन्त्रण गर्नुपर्नेमा जोड दिइन् । सांसद नन्द चपाईले मुलुकभित्र नागरिकता र सुकुम्वासीको समस्या विकराल रहेको समस्या समाधानका लागि आग्रह गरे ।

सांसद प्रकाश पन्थले सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको राष्ट्रपतिमा रामचन्द्र पौडेलले र उपराष्ट्रपतिमा रामसहायप्रसाद यादव निर्वाचित भएकोमा धन्यवाद दिए ।

सांसद विमला राई पौड्यालले नागरिकको स्वतन्त्रतापूर्वक बोल्न पाउने हक तथा अधिकार विपरीत प्रहरीले गतिविधि गरेको जनाउँदै किन त्यसो भएको हो गृह मन्त्रालयले उचित जवाफ दिन माग गरिन्  ।

सांसद सिंहबहादुर विश्वकर्माले सिराहाको एक स्थानीय तहका प्रमुखले दलित समुदायमाथि छुवाछूत र विभेद गरेको भन्ने घटनाप्रति दुःख व्यक्त गर्दै कानूनअनुसार कारबाहीका लागि सरकारको ध्यानाकर्षण गराए ।

प्रकाशित मिति : ८ चैत्र २०७९, बुधबार  २ : ५८ बजे

इलामका बाढी-पहिरोपीडितलाई सरकारले आर्थिक सहयोग गर्ने 

काठमाडौं– सरकारले हालैको बाढी–पहिरोका कारण बढी क्षति भएको इलामका पाँच

साउनयता चार वटा गैँडा मरे

चितवन– चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा साउन यता चार

नेपालको उत्कृष्ट ब्याटिङ, सामोआले पायो २ सय १२ रनको चुनौती

काठमाडौं- आईसीसी टि ट्वान्टी विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक

बिजुली नकाट्न भन्दै उद्योगीले गुहारे प्रधानमन्त्री

काठमाडौं– बक्यौताको विषयलाई लिएर उद्योगमा बिजुली नकाट्न भन्दै दुई दर्जन

राष्ट्रपति पौडेलसमक्ष आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आदिवासी जनजाति आयोगको आर्थिक वर्ष २०८१