तिब्बतीलाई नेपाली नागरिकता बनाइदिएको आरोपमा राजधानीबाट पाँच जना पक्राउ « Khabarhub

तिब्बतीलाई नेपाली नागरिकता बनाइदिएको आरोपमा राजधानीबाट पाँच जना पक्राउ


८ चैत्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- तिब्बतीलाई नेपाली नागरिकता बनाइदिएको आरोपमा राजधानीबाट पाँच जना पक्राउ परेका छन् । तिब्बतीलाई नेपाली नागरिकता बनाइदिएको आरोपमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ५ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा झापाको कचनकवलका कृष्णबहादुर कटवाल, काठमाडौँ बबरमहलका न्युल्केश श्रेष्ठ, मोरङको सुन्दरहरैंचाका हिरालाल शिवाकोटी, तनहुँको शुक्लगण्डकीका लोप्साङ थिन्ले र ललितपुरको गोदावरीका विजय लामा रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनीहरुलाई काठमाडौँको बबरमहलबाट पक्राउ गरिएको हो ।

पक्राउ परेका कटवाल यसअघि पनि किर्ते र ठगी मुद्दामा सजाय पाइसकेको व्यक्ति भएको खुलेको छ ।

उनीहरुको साथबाट ४ थान स्थानीय पञ्जिकाधिकारी, प्रशासकीय अधिकृत, काठमाडौँ महानगरपालिका ६ नं वडा कार्यालयको छाप, जिल्ला प्रशासन कार्यालय काठमाण्डौबाट लोब्साङ ठिन्ले गुरूङको नाममा जारी भएको नेपाली नागरिकताको प्रमाणपत्र पनि बरामद गरिएको छ ।

त्यसैगरी लोब्साङ ठिन्ले गुरुङकै नामको ई पासपोर्ट एप्लिकेसन फर्म, अन्दाजी ५०० थान विभिन्न व्यक्तिको नाममा विभिन्न जिल्लाबाट जारी भएको देखिने सक्कली तथा नक्कली सरकारी कागजात, ३ लाख ५० हजार ५०० रुपैयाँ र ७ थान मोबाइल बरामद गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ८ चैत्र २०७९, बुधबार  ३ : २९ बजे

ट्रम्प र सी जिनपिङको वार्तामा हुनेछ व्यापार र एआईबारे निर्णायक छलफल

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार चिनियाँ राष्ट्रपति सी

ह्वाइट हाउसमा सी, ट्रम्पले भने : आजको हाम्रो निर्णयले दशकौँसम्म शान्ति प्रवर्द्धन गर्न सक्छ

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी

१० हजार मिटर दौडमा सन्तोषी ११औँ स्थानमा

काठमाडौं ।  सन्तोषी श्रेष्ठले एसियाली खेलकुदको महिला १० हजार मिटर

ट्रम्प र सीबीच वार्ता जारी

काठमाडौँ । डोनाल्ड ट्रम्प र सी चिनफिङबिच ओभल अफिसमा द्विपक्षीय

परराष्ट्रमन्त्री खनाल ‘मध्यस्थता समूह’को बैठकमा सहभागी

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय ‘मध्यस्थता समूह’को बैठकमा